नेपाल – रुस लेखक / पत्रकार मञ्च गठन

लेनिनग्राद(रुस) : महान् अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलनमा रुसको लेनिनग्रादमा भेला भएका नेपाललगायत विश्वका दर्जनौं मुलुकका कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता, लेखक, पत्रकार र बुद्धिजीवीको सहभागितामा ‘नेपाल–रुस लेखक÷पत्रकार मञ्च’ गठन भएको छ । रातो खबर साप्ताहिक तथा नौलो बिहानी मासिकका सम्पादक

अशोक सुवेदीको अध्यक्षतामा गठित मञ्चका महासचिव नेपालका हिमलाल पराजुली हुनुहुन्छ भने सचिवमा रुसको लेनिनग्रादको लेखक लारिसा रिद्दिना रहनुभएको छ ।

मञ्चले जारी गरेको प्रेसविज्ञप्तिअनुसार संस्थाका सदस्यहरूमा नेपालका भीम भारती, मोहन घिसिङ र सुरेश पोखरेल हुनुहुन्छ भने रुसका आन्द्रेई, आन्तोन, एलेक्सी र निकोलाई रहनुभएको छ । मञ्चका सल्लाहकारहरूमा नेपालका माणिक लामा, गोपाल शिवाकोटी चिन्तन, हस्तबहादुर केसी र प्राडा सुरेन्द्र केसी तथा रुसका दिमित्री, भादिमलगायत माक्र्सवादी–लेनिनवादी नेताहरू रहनुभएको छ । थप पदाधिकारी तथा सदस्यहरू बैठकले तय गर्ने मञ्चले जनाएको छ । मञ्चले नेपाल र रुसबीच दर्शन, विचार, साहित्य, कला–संस्कृति, सञ्चारलगायत क्षेत्रमा अध्ययन/अनुसन्धान, विकास र प्रवद्र्धन गर्ने उद्देश्य राखेको जनाइएको छ ।

सोही कार्यक्रममा नेकपाका महासचिव विप्लवको एकीकृत जनक्रान्ति, अशोक सुवेदीको शक्तिशाली समाजवाद (जनगणतन्त्र कोरिया यात्रा डायरी), सुवेदीकै आमा काव्य र रामप्रसादको सिसमहल कथासङ्ग्रह, पूर्णबहादुर सिंहको वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया विशेषाङ्क, नेकपाको अक्टोबर क्रान्ति शत–वार्षिकीसम्बन्धी पर्चा, सिर्जनाभूमि (समालोचना), समयसित रुमाल छैन (कवितासङ्ग्रह) लगायत सामग्री लोकार्पणका साथै लेनिनका योगदानहरू विषयक गोष्ठी सम्पन्न भएको थियो ।

गोष्ठीमा रुसका भादिम, एलिना बाबिच, आन्द्रेई, जापानका फुकुकावा क्रिस्टिन, नेपालका माणिक लामा, अशोक सुवेदी, प्राडा सुरेन्द्र केसी, डा. गोपाल शिवाकोटी चिन्तन, हिमलाल पराजुलीलगायत वक्ताले लोकार्पित पुस्तक, ‘अक्टोबर क्रान्तिको शतवार्षिकी र लेनिनका योगदानहरू’ विषयमा मन्तव्य प्रकट गर्नुभएको थियो ।

स्रोत: रातो खबर साप्ताहिक, वर्ष ३, अङ्क ३३, पूर्णाङ्क १२८

२०७४ माघ १७ गते अपरान्ह ६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :