श्रद्धाञ्जली व्यक्त

जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समिति नेपालले बर्दिया जनगणतान्त्रिक मञ्चको संस्थापक अध्यक्ष र निवर्तमान अध्यक्ष कमरेड कृष्ण रिमाल (विवश) को आमा तुलसी रिमालको यही २०७४ माघ १५ गते ७४ वर्षको उमेरमा भएको असामयिक निधनप्रति मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरले श्रद्धाञ्जली तथा कमरेड कृष्ण रिमाल र उहाँको सम्पूर्ण परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

आमा तुलसी रिमाल गम्भीर विरामी परी उपचारको क्रममा अस्पतालमा नै उहाँको निधन भएको थियो । स्रोत: रातो खबर साप्ताहिक, वर्ष ३, अङ्क ३३, पूर्णाङ्क १२८

२०७४ माघ १७ गते अपरान्ह ४ः३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :