आँखामा कालो पट्टी बाँधेर यातना दिइयो : तामाङ

अम्बिका चन्द : काठमाडौं : नेकपाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन खारेज अभियान चलाईरहेको बेला प्रहरीद्वारा पक्राउ गरिएका नेकपाका ब्यूरो सदस्य राजीव तामाङले आफुलाई चर्को यातना दिएको बताएका छन् । प्रहरीले तामाङलाई काठमाण्डौंबाट ५४ दिन अघि पक्राउ गरि चक्रपथ प्रहरीविटमा राखेको थियो र त्यसपछि अर्को मुुद्दा लगाएर नुवाकोट लगेको थियो । तामाङ आइतवार नुवाकोट प्रहरी कार्यालयको हिरासतबाट १ लाख ५५ हजार धरौटीमा बुझाएर रिहा भएका हुन् । हिरासत मुक्त भएपछि रातो खवरसँग कुरा गर्दै तामाङले आफुलाई हिरासतभित्र आँखा र मुख बन्द गरेर चर्को यातना दिएको बताए । चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो । स्रोत रातो खबर साप्ताहिक, वर्ष ३, अंक ३३, पूर्णाङ्क १२८

२०७४ माघ १७ गते बिहान ११ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :