देशको एक इन्च जमिन मिच्न पाइँदैन : झाँक्री

अम्बिका चन्द / काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय संयोजक अमर झाँक्रीले देशको एक इन्च पनि जमिन भारतलाई मिच्न नदिने बताएका छन् । महासङ्घ केन्द्रीय समिति बैठकका निर्णयहरू सावर्जनिक गर्न शनिबार काठमाडौँको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले यस्तो बताएका हुन् । भारतसँग सीमा जोडिएका पर्साका छपकैया, सिरसिया, सुन्दरपुरलगायत एक दर्जनभन्दा बढी ठाउँमा भारतले रातारात सीमास्तम्भ सारेको भन्दै आफ्नो सङ्गठनले उक्त क्षेत्रको अनुगमन गर्ने पनि उनले बताए । साथै मजदुर संयोजक झाँक्रीले सीमा अतिक्रमणविरुद्ध एकजुट हुन मजदुरलगायत सबै देशभक्त मजदुर र श्रमजीवीलाई अनुरोध गरेका छन् । मजदुर सङ्गठनले नेकपाले सुरु गरेको तीनमहिने जनजागरण अभियानमा आफू पनि सहभागी भएर सङ्घर्ष गर्ने र सङ्गठनका कार्यक्रमहरू अघि बढाउने बताएको छ । स्राेत  : राताे खबर साप्ताहिक, वर्ष ३ अंक ३३, पूर्णाङ्क १२८ 

२०७४ माघ १७ गते बिहान ९ : ३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :