चितवनमा जनजागरण अभियान सुरु

सुसन क्षेत्री / चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले रत्ननगरको गैरीगाउँमा एकीकृत जनजागरण अभियान सुरु गरेको छ । पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको जानकारी चितवन जिल्ला सेक्रेटरी धु्रव खड्काले दिनुभयो । यो अभियानले दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्न क्रान्ति अघि बढाउने ध्रुवले बताउनुभयो ।

उक्त कार्यक्रममा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आधारको अध्यक्ष्यतामा सम्पन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुदर्शनले दलाल संसदीय व्यवस्थाले सामाजिक दलाल पुँजीवादको नयाँ रूप लिएको बताउनुभयो । उहाँले वाम गठबन्धन सामाजिक नवदलाल र कम्युनिस्टका नाममा छद्म काम गर्ने दलाल भएको बताउनुभयो । कार्यक्रममा सयौं जनताको सहभागिता थियो ।

२०७४ माघ १६ गते दिउँसो १२ : ३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :