मुशहर बस्तीमा पुग्यो नेकपा

 अम्बिका चन्द / काठमाडौं : नेकपाका धनुषाको आयोजनामा मिथिला बिहारी नगरपालिका अन्र्तगत भुतहीपटेरुवा मुशहर बस्तीमा एक कार्यक्रम सम्पन्न भएको छ । लामो समयदेखी राज्यको पहुचभन्दा टाढा रहेको उक्त बस्तीमा मंगलबार भएको कार्यक्रममा मुशहर समुदायका मानिसहरुले आफुहरुको हितमा नेकपाले काम गर्ने आशा व्यक्त गरे । बस्तीका प्राय सबै सहभागी रहेको उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह, जिल्ला इन्चार्ज राजु कार्की, सेक्रेटरी अमर धमला, जनसत्ताका प्रतिनिधि बिहारी राय, किशोरी महरा, शोभित दाहलगायतले जनजागरण अभियानको बारेमा बोलेका थिए । संगठन बिस्तारको क्रममा राज्यबाट पछि पारिएको उक्त मुशहर बस्तीमा आफ्नो पार्टी पुगेको नेकपा जिल्ला इन्चार्ज राजु कार्कीले बताए । 

२०७४ माघ १६ गते मध्यान्न १२ : ४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :