शर्माको बिदाइ लोहनीको स्वागत

काठमाडौं: रातो खबर प्रकाशन गृहको जिम्मेवारी गुणराज लोहनीले सम्हाल्ने निर्णयसँगै प्रकाशन गृहका निवर्तमान निर्देशक अनिल शर्मा ‘विरही’लाई विदाई गरिएकोछ । प्रकाशन गृह अन्र्तगत सञ्चालित रातो खबर साप्ताहिक र ई–रातो खबर अनलाईनका निर्देशक रहेका विरहीलाई शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो । रातोखबर साप्ताहिकका संस्थापक तथा प्रकाशन गृहका नवनियुक्त निर्देशक गुणराज लोहनीले खादा ओढाएर विरहीलाई विदाई गरेका हुन् । विदाई भएर नयाँ जिम्मेवारीमा जाँदै गरेका निवर्तमान निर्देशक विरहीले शुरुवाती चरणमा कमैले विश्वास गरेको रातो खबर प्रकाशन गृहले दुई वर्षको अवधिमा राम्रो प्रगति गरेको अनुभुति राखे । आजको युगमा संचारको महत्व दिन प्रतिदिन बढिरहेकोले जनपक्षीय सुचना र विचार प्रवाह गर्ने काममा रातोखबर निरन्तर लागिरहेको बताउदै विरहीले प्रकाशन गृह संचालनको अवधिमा निकै कष्ट बेहोर्नु परेको अनुभुति ब्यक्त गरे । उनले प्रकाशन गृहसँग सम्बन्धित कसैले पनि निजी संचार माध्ययम चलाउन नपाईने प्रकाशन गृहको निर्णय दुरगामी महत्वको रहेको दाबी गरे । रातो खबर प्रकाशन गृहका सदस्यहरू सहभागी विदाई कार्ययक्रमको अध्यक्षता निर्देशक गुणराज लोहनीले गरेका थिए भने संचालन प्रबन्ध निर्देशक भिम चापागाईले गरेका थिए । स्रोतः रातो खबर साप्ताहिक, वर्ष ३, अङ्क ३२, पूर्णाङ्क १२७

२०७४ माघ १२ गते दिउँसो ३ः०८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :