विवादित सीमाक्षेत्र दोक्लाममा फेरि तनाव

अम्बिका चन्द / काठमाडौंः शक्ति सम्पन्न दुई ठुला एसियाली देश चीन र भारतबिच सिमा विवादको विषयलाई लिएर फेरि पनि तनाव उत्पन्न हुन थालेको छ । दुवै देश आन्तरिक रूपमा युद्धको तयारीमा रहेको विश्लेषणहरू हुन थालेका छन् । हालै भु–उपग्रहमार्फत लिइएको एउटा तस्वीरमा विवादीत क्षेत्र दोक्लाममा चिनले सैन्य संरचना निर्माण गरिरहेको देखिएको छ । उक्त विषयमा प्रतिक्रिया दिदै चिनिया विदेश मन्त्रालयकी प्रबक्ता लु काङले डोक्लाम चिनको भु भाग भएको र सधै रहने वताउदै त्यहा आफनो देशले सडक वनाउनु वा कुनै पनि गतिविधि गर्नु जायज भएको वताएकी छिन । यस अघि विवादीत सिमाक्षेत्र दोक्लाममा दुई देशका सेना आमने सामने भएको र त्यहा निकै तनावपूर्ण अवस्था रहेको भएपनि दुवै देशले आ–आफना सेना फिर्ता गरेपछि तनाव साम्य भएको थियो । तर पछिल्ला केही दिन यता फेरी दुई देशबिच तनाव उत्पन्न हुन थालेको वताईन्छ । यद्यपी विगतमा भएका कैयौं सुरक्षा सम्झौताहरूको कारण दुवै देशले संयमता अपनाएकोले तनावको खवर संचार माध्यमहरूमा चर्चा भइरहेको छैन । स्रोतः रातो खबर साप्ताहिक, वर्ष ३, अङ्क ३२, पूर्णाङ्क १२७

२०७४ माघ ११ गते अपरान्ह ३ः३२ मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :