सीमा अतिक्रमणका विरुद्ध संघर्ष गछौं : सिहं

अम्बिका चन्द / काठमाडौं :  अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले भारतद्वारा पर्सामा गरिएको सीमा अतिक्रमणको भत्र्सना गर्दै असमान सन्धी सम्झौताहरु खारेजीको माग गरेका छन् । उनले राष्ट्रियता रक्षाको लागि आवश्यक परे जनमुक्ति सेनामा भर्ति हुने भन्दै भारतीय हस्तक्षेपकारी गतिविधिका विरुद्ध आफ्नो संगठनले संघर्ष गर्ने बताए । अध्यक्ष सिहंले सिमा क्षेत्रमा भारतले लगातार अतिक्रमण गर्नुका साथै नेपाली जनतालाई अनावश्यक दुःख दिने गरेको बताए ।

शुक्रबार काठमाडौंको संवाद डबलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारीका अध्यक्ष सिहंले हाल देशमा दुई सत्ता र दुई अदालत रहेको समेत बताए । उनले कांग्रेस अध्यक्ष शेरबहादुर देउवा, एमाले अध्यक्ष केपीशर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध जनअदालतमा मुद्दा हाल्ने चेतावनी दिए । उनले भने ‘यीनै नेताहरुले शैक्षिक माफियाहरुको संरक्षण गर्दा शिक्षा क्षेत्र ब्यापार गर्ने थलो बनेको छ र शिक्षण संस्थाहरुले मनपरी शुल्क असुल्ने र विद्यार्थी लुट्ने काम गरिरहेका छन् ।’ 

अखिल (क्रान्तिकारी)ले आउँदो फागुन २७ देखि ३० सम्म २१ औं राष्ट्रिय सम्मेलन दाङमा गर्ने भएको छ । सम्मेलन तयारीको लागि अध्यक्ष सिहंकै नेतृत्वमा मूल परिचालन समिति पनि गठन भएको क्रान्तिकारीले जानकारी दिएको छ ।

२०७४ माघ १२ गते अपरान्ह ५ः४३ मा प्रकाशित 

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :