काँग्रेस र माओवादी केन्द्र तालमेल, जिल्लाका कार्यकर्ताहरु मारामार

chitwanचितवनः बैशाख २१, नेपाली कांग्रेसका पार्टी सभापति देउवाले एकतर्फी ढंगबाट माओवादी केन्द्रसंग चुनावी तालमेल गरी भरतपुर महानगरपालिकामा काँग्रेसका उमेद्वार दिनेश कोइरालाको टिकट खोसेर माओवादी केन्द्रकी रेणु दाहाललाई मेयर बनाउने सहमति गरेपछि कृष्ण सिटौलाले आपत्ति जनाएका छन् ।

पार्टी कार्यालय चितवनमा जम्मा भएका कांग्रेस कार्यकर्ताहरु एक आपसमा मारामार गरिरहेका छन् । सहमतीलाई कुनै पनि हालतमा नमान्ने भन्दै चर्को नारावाजी गर्दै शेरबहादुर देउवाको विरोधमा नारावादी, जुलुस प्रदर्शन र पुत्ला दहनसमेत गरेका छन् ।

भरतपुरमा काँग्रेसका तर्फवाट उमेद्वारी दिएका कोइरालाले आफूले उमेद्वारी फिर्ता नदिएको र कुनै पनि हालतमा फिर्ता नदिने बताएका छन् । कोर्इराला सिटौला समुहका हुन् ।

सिटौलाले कांग्रेस पहिलो शक्ति भएको ठाउँमा आफ्नो पार्टीको कार्यकर्ताको टिकट खोसेर माओवादीलाई दिनु भनेको इतिहासकै गम्भिर गल्ती हुने चेतावनी देउवालाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :