पुरानो सत्ताका साइनवोर्डहरु मेटाएर जनसत्ताका बोर्डहरु राखियो

नेकपा, रुकुमका सेक्रेटरी सहित २६ जना गिरफ्तार

Rato khabar vol 921 copyअम्बिका चन्द/काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले देशव्यापीरुपमा स्थानिय जनपरिषदहरु घोषणा गरेर जाने बताएको छ । प्रचण्ड नेतृत्वको दलाल संसदीय व्यवस्थाले विगत जनयुद्धको बेला नै देशको असी प्रतिशत भूभाग खाली भैसकेको अवस्थामा पनि पुरानो सत्ताको अवशेषहरुलाई विउताउने गरी कथित स्थानीय निकायको चुनाव घोषणा गरेको विरोधमा यसो गर्नुपरेको नेकपाले बताएको छ । यसकै निरन्तरतामा देशका विभिन्न ठाउँहरुमा उपमहानगरपालीका, नगरपालीका र गाउँपालीकाका साइनवोर्डहरु हटाएर नयाँ जनसत्ताका साइनबोर्डहरु राखीएको हो ।

यसैविच दाङका सवै ठाउँमा यस्ता पुराना साईनबोर्डहरु हटाइएको छ र नयाँ जनसत्ताका वोर्डहरु राखिएको छ । दाङको तुल्सीपुर उपमहानगरपालीका र घोराही उपमहानगरपालीकामा पुरानो बोर्ड मेटाएर संयुक्त जनपरिषद नेपाल लेखिएको छ । नेकपा दाङका सेक्रेटरी सविनले शान्तिपूर्ण सभाहरुमा प्रशासनले हस्तक्षेप गरेको, आफना कार्यकर्ताहरुलाई गिरप्तार गरी झुटा मुद्दामा फसाउने पञ्चायती शैलीको हर्कत गरेको र यो कथित स्थानीय निकायको चुुनावको कुनै औचित्य नभएको कारण त्यसको विरोध स्वरुप यसरी पुरानो सत्ताको बोर्डहरु फाल्नुपरेको प्रतिक्रिया दिनुभएको छ ।

यसैविच चितवनमा भरतपूर उपमहानगरपालीका लगायतका विभिन्न ठाउँमा स्थानिय निकायका साईनवोर्डहरु मेटाएर जनपरिषद नेपाल लेखिएको छ । यस अघि चितवनमा आयोजना गरिएको जनजागरण तथा भण्डाफोर सभामा प्रहरीले हस्तक्षेप गर्नुका साथै गिरप्तार, धरपकट र कुटपिट गरेको विरोधस्वरुप पुरानो सत्ताको विकल्पमा संयुक्त जनपरिषद नेपालका साइनबोर्डहरु राखिएको त्यहाँका जिल्ला सेक्रेटरी लालबहादुर वि.सी.ले वताउनुभएको छ ।

उता कास्कीमा पनि पोखरा उपमहानगरपालीकाको साइनवोर्ड मेटाएर स्थानिय जनसत्ताको कार्यालय लेखिएको छ । कथित स्थानिय निकायको चुनाव सत्तासीनहरुको पक्षमा र आम जनताको विपक्षमा भएकोले त्यसको उत्तम विकल्प बैज्ञानिक समाजवाद मात्र भएको भन्दै गाउँ गाउँबाट पुरानो सत्ता खारेज गर्ने अभियानस्वरुप जनसत्ताको साइनवोर्ड राखिएको गण्डक ब्यूरो इन्चार्ज एवं नेकपाका केन्द्रीय सदस्य क. आस्थाले बताउनु भएको छ ।

यस्तै पश्चिम कैलालीको धनगढिमा पनि उपमहानगरपालीकाको कार्यालयको साइनबोर्ड मेटाउदै स्थानिय जनपरिषदको कार्यालय लेखिएको छ । उता पूर्वको झापामा पनि स्थानिय निकायका साइनवोर्डहरु हटाएर गाउँ जनसरकारको कार्यालय लेखिएको छ । संसदीय व्यवस्थाले आफनो आयु लम्ब्याउने उदेश्यले देशी विदेशी प्रभुहरुलाई खुसी बनाउन र राज्यको बजेट सिध्याउनको लागि गर्न लागिएको चुनाव अर्थहिन भएकोले यस्तै अवस्थामा सवैठाउँमा जनसत्ताहरु गठन गरेर जानुपर्ने आवश्यक भएकोले पुराना साइनवोर्डहरु हटाउनु परेको नेकपाका केन्द्रीय सदस्य क. निर्मलले बताउनु भयो ।

केन्द्रमा सन्तोष बुढा मगरको नेतृत्वको संयुक्त जनपरिषद नेपाल घोषणा गरेको नेकपाले यो देशमा अहिले दुई वटा सत्ता र दुईवटा अदालत संचालनमा रहेको वताउदै आएको छ । विभिन्न बहानामा दलाल संसदीय व्यवस्थाले गाउँ गाउँमा मरीसकेको पुरानो सत्ताका अवशेषलाई विउताउने कार्य गरिरहेको खण्डमा देशभरीनै स्थानीय स्तरमा समानान्तर सत्ता संचालन गरेर जाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :