मध्यराती नाबालक बच्चा सहित चितवनबाट नेकपाका ४ जना नेता तथा कार्यकर्ता गिरफ्तार

Sisas shahiचितवनः बैशाख २२, बिहिबार राति १ः३० बजे खैरहनी नगरपालिकामा अवस्थित आफ्नै निवासमा सुतिरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीकी चितवन जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य सिसम शाहीलाई नावालक छोराछोरी (सुजित १० बर्ष, सुवाशना ४) वर्ष सहित प्रहरीले छापामार शैलीमा गिरफ्तार गरेको छ ।

त्यसैगरी विहिबार राती १०ः३० बजे रत्ननगर नगरपालिका स्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी, चितवन जिल्ला सचिवालय सदस्य मिनप्रसाद सापकोटा सहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको समाचार छ ।

सामान्य मानवीय मूल्य मान्यताको पनि ख्याल नगरी आस्थाको आधारमा दमन, धर पकड गरेर प्रचण्ड सरकार फाँसिवादमा रुपान्तरित भएको प्रष्ट भएको लालबहादुर बीसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :