विप्लवद्वारा पार्टीपंक्तिलाई निर्देशन / तीन महिनाभित्र ब्यापक जनजागरण पैदा गर

अम्बिका चन्द  / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले देशब्यापीरुममा संचालन गर्न लागेको तिन महिने ‘जनजागरण अभियान’को उदघाटन यही सोमवार गर्ने भएको छ । पार्टी केन्द्रीय समितिको यहि पौष अन्तिम साता बसेको बैठकले उक्त अभियानको योजना पारित गरेको थियो । तिन महिने उक्त अभियानको अवधिमा नेकपाले ब्यापक रूपमा संगठन विस्तार गर्ने भएको छ । अभियान अवधिमा पार्टीका केन्द्रीय नेताहरू पनि जिल्ला र गाउ स्तरका कार्यक्रमहरूमा सहभागी हुनेछन् ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तिन महिने अभियानको क्रममा ब्यापक जनताको विचमा पुग्न र जागरण पैदा गर्न सिंगो आन्तरिक पंक्तिलाई निर्देशन गरेका छन् ।  गएका दुईवटा निर्वाचन पछी आफनो पार्टी नयाँ उचाईमा उठेको मुल्याङक गर्दै विप्लवले आगामी तिन महिना मेची देखि महाकालीसम्म चल्ने अभियानलाई प्रभावकारी र भब्य बनाउदै पार्टीलाई नयाँ उचाई प्रदान गर्नुपर्ने बताएका छन् । 

अभियानको क्रममा आफनो पार्टीले अघि सारेका राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरूलाई जनतामा लैजाने नेकपाका स्थायी समिति सदस्य तथा सुदुरपश्चिम केन्द्रीय कमाण्ड इन्चार्ज धमेन्द्र बास्तोला ‘कञ्चन’ले बताएका छन् । इतिहासमै राष्ट्रियता निकै कमजोर भएको बेला राष्ट्रियताको सवाल निकै गम्भिर बनेको बताउदै नेता कन्चनले तिन महिने अभियानपछि आफनो पार्टीको आन्तरिक जीवनमा संगठनिकरूपले पनि माथि उठ्ने बताएका छन् । 

अभियानको प्रचार प्रसारको अवधीमा नेकपाले काठमाण्डौं उपत्यकाको वातावरण निकै प्रदुषीत भएको र मानवजीवनमा प्रत्यक्ष असर गरिरहेको भन्दै यसको निराकरण गर्न जनजागरणका कार्यक्रम गर्ने छ । साथै नेकपाले अभियानको अवधिमा प्रचण्ड बाबुरामले क्रान्तिकारी धारलाई विचल्लीत पारेका भन्दै नयाँ र क्रान्तिकारी धारलाई सुदृढ बनाउन देशभक्त  एवं क्रान्तिकारी जनसमुदायका विचमा ब्यापक धु्रवीकरण कार्यक्रम गर्ने पनि जनाएको छ । साथै जनयुद्धकालदेखिनै स्थापित भएका शहिद सप्ताह लगायतका विभिन्न  दिवसहरू पनि तिन महिने अभियानकै क्राममा मनाउने सो पार्टीले बताएको छ । स्रोत : रातो खबर साप्ताहिक, वर्ष ३ अंक ३२, पूर्णाङ्क १२७ 

२०७४ माघ १० गते बिहान ९ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :