सिरियाको कैयौं गाउँ टर्कीको कब्जामा

काठमाडौं : पछिल्लो समयमा टर्कीले उत्तर–पूर्वी सिरियाको कैयौं भूभाग कब्जामा लिएको राष्ट्रपति रेजेप तथ्यीप एर्दोआनको कार्यालयका एकजना प्रवक्ताले मंगलबार बताएका छन् । प्रवक्ताले अमेरिकालाई कुर्दिश लडाकु समूह वाइपीजीलाई समर्थन नगर्न चेतावनी दिएका छन् । सिरियासँगको हाम्रो सीमामा एउटा राज्यको जस्तै संरचना खडा गरेको हामीलाई सह्य नभएको उनले बताएका छन् । सिरियाली अधिकारकर्मीहरूका अनुसार टर्कीले शनिवार कारबाही शुरू गरेयता ७० जनाभन्दा बढी मानिसहरू मारिएका छन् । सिरियाली राष्ट्रपति बशर अल–असदले ‘अतिक्रमण’को निन्दा गर्दै टर्कीले आतंकवादलाई सघाइरहेको आरोप लगाएका छन् ।

२०७४ मा ९ गते साँझ ६ : ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :