विभिन्न ठाउँमा ६ जनाकाे शव फेला

काठमाडौं : मुलुकका विभिन्न स्थानहरुमा ६ जना व्यक्तिहरु मृत अवस्थमा फेला परेका छन् । कपिलवस्तुको शुद्धोधन गापा १, उचडिहवास्थित माछा पोखरीमा शनिबार नाम, थर, वतन नखुलेका करीब १४ वर्षीय बालक डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् । कपिलवस्तुकै मायादेवी गापा ८, अमहवास्थित दिदीको घरमा बस्दै आएकी भारत घर भएकी १५ वर्षीया प्रमिला लोहनिया शनिबार राति सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी छन् । त्युसैगरि काठमाडौँको कागेश्वरी मनहरा नपा ४, नयाँपाटीमा काठमाडौं महानपा ६, तिनचुली बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरा गापा ५ का ३८ वर्षीय कुमार श्रेष्ठ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै उदयपुरको चौदण्डीगढी नपवा ४, बसाहास्थित बाटोमा सोही ठाउँ बस्ने १९ वर्षीय मनकुमार राई शनिबार मृत अवस्था फेला परेका छन् । त्यसैगरि कास्कीको अन्नपूर्ण गापा ५, लुहेडाको जंगल तारे पहरामा सोही नपा ५ स्थित झोवाङ साँहुथर बस्ने ७० वर्षीया अनुरुपा पौडेलको शव सडिगलेको अवस्थामा शुक्रबार फेला परेको छ । उनी गत भदौ ८ गतेदेखि घरबाट हराएको बुझिएको थियो । उता पाल्पाको तानसेन नपा ६ स्थित प्रतिक्षालयमा सोही नपा ज्यामी काम गर्ने बाग्लुङको बरेङलिवा गापा ४ की ४० वर्षीया खगिसरा पुलामी शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । उक्त घटना घटनाको विषयलाई लिएर सरकारले भने केही बताएको छैन ।

२०७४ माघ ७ गते साँझ ६ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :