पेट्रोलियम पदार्थको तस्करी

काठमाडौं : पछिल्लो समयमा महोत्तरीको विभिन्न सीमानाका हुँदै पेट्रोलियम पदार्थको तस्करी बढेको समाचार आएको छ । जिल्लाको जलेश्वर, भिठ्ठामोड, मटिहानी, सुगा, सम्सि, गौशाला ,रामगोपालपुर क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको हो । महोत्तरीमा राजश्व तथा भन्सार सुरक्षा गुल्म जलेश्वरले ठूलो परिमाणको पेट्रोलिय पदार्थ बरामद गरेपछि त्यस्तो रहस्य बाहिर आएको हो । भन्सार सुरक्षा गुल्मले विशेष सूचनाको आधारमा चलाएको अप्रेसनमा आज शनिबार मात्रै ४२० लिटर पेट्रोलियम पदार्थ डिजल बरामद गरेको छ । भारत र नेपाली बजारमा पेट्रोलियम पदार्थको मुल्यअंतर पर्दै जादा सिमा नाका हुँदै पेट्रोलियम पदार्थ(डिजल)को तस्करी बढेको हो । ४२० लिटर डिजल महोत्तरीको मटिहानीको विभिन्न साना(साना तस्करी नाका सुगाको बिसमपुर इलाका क्षेत्रबाट नेपाली भूमीतर्फबाट भारततर्फ तस्करी भएको भन्दै सोही क्षेत्रबाट भन्सार गुल्मले बरामद गरेको हो । नेपाली बजारमा पेट्रोलियम पदर्थ डिजल ७८.५० रुपैयाँ रहेको छ । बरामद गरिएको डिजल जिल्ला भन्सार कार्यालय महोत्तरी भिठ्ठामोडमा बुझाइएको छ । नेपालको सीमा नाकाबाट विभिन्न बहानामा नेपाल भित्रिने सानाठूला सवारी साधनले समेत तस्करि गर्ने गरेको सिमा नाकामा पेट्रोलियम पदार्थको बिक्रेताहरुले बताएका छन् ।

२०७४ माग ६ गते अपरान्ह ५ : ०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :