चीन–भारतबीच पनि वाक् युद्ध

काठमाडौं : उत्तर कोरिया र अमेरिकाबीचको वाक् युद्धको विषय सन् २०१७ मा सर्वाधिक चर्चाको विषय बनेको सन्दर्भमा यता चीन र भारतबीच पनि पटक–पटक छेड हानाहान भयो । दुई ठूला एसियाली मुलुक चीन र भारतबीच सीमा विवादको विषयलाई लिएर वाक्युद्धका संकेत सार्वजनिक भए । लामो समयदेखि चल्दै आएको विवादित भूमि डोक्लामलाई चीनले फेरि पनि आफ्नो भूमि भएको दावी गरेको छ । साथै, उक्त भूमिमा कुनै पनि गतिविधि नगर्न भारतीय पक्षलाई आग्रहसमेत गरेको छ । चीनले डोक्लामको विषयलाई लिएर कुनै पनि समयमा दुई देशबीच युद्ध हुन सक्ने भन्दै भारतलाई भड्किला गतिविधि बन्द गर्न आग्रह गरेको छ । हालै, चिनियविदेश मन्त्रालयका प्रवक्ताले एक वर्षयता लगातार दुई देशबीचको सम्बन्धमा उथलपुथल आएको बताएका छन् । यसैबीच भारतका एक सैनिक जनरलले चीन आफूलाई सैन्यदृष्टिले शक्ति सम्पन्न राष्ट भएको बताए पनि भारत पनि कमजोर नभएको प्रतिक्रिया दिएका छन् । सैन्ययुद्धको लागि आफू पनि तयार भएको अर्थ लाग्ने किसिमको प्रतिक्रिया दिएपछि दुई देशबीचको सम्बन्धलाई लिएर चिन्ता व्यक्त गरिएका छन् । स्रोत : रातोे खबर साप्ताहिक,

२०७४ माघ ६ गते दिउँसो  ४ : २१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :