सावारी साधन दुर्घटना हुँदा गापा अध्यक्षसहित ५ जनाकोे मृत्यु

काठमाडौं : संखुवासभाको मकालु गापामा सवारी साधन दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ । संखुवासभाकाे खादवारीबाट गरूढ तर्फ जादै गरेकाे बा ५ च १३१९ नम्बरको  मकालु गाउपालिकाकाे ३ नं वार्ड अन्तरगत सामटारमा अनियन्त्रित भइ सडकबाट ८ मिटर तल खसेकाे  हो । दुर्घटनामा मकालु गापाका अध्यक्ष खड्ग कटुवालको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का सुरेश राईको मात्र सनाखत भएको छ । उक्त सावारी साधनमा जम्मा १२ यात्रुहरू रहेकाे प्रहरीले बताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

२०७४ पुस ३० गते दिउँसो २ :४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :