छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा

काठमाडौं : तत्कालीन नेकपा मालेमा संलग्न भएको आरोपमा तत्कालीन पञ्चायती सरकारले दमन गरी होनहार व्यक्तिको ज्यान लिएको छिन्ताङ हत्या काण्डले न्याय पाउने भएका छन् । सरकारले खोकु छिन्ताङ घटनामा मारिएका १६ जना व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले २०३६ साल कात्तिक २७ गते भएको उक्त घटनामा मारिएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

२०७४ पुस २८ गते बिहान ६ : ४७ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :