बाजुरामा चिसोका कारण एकै गाउँका ५ को मृत्यु

काठमाडौं : चिसो दिनानुदिन बढेसँगै फैलिएको रुघाज्वरोका कारण बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको हुनी गाउँमा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जगन्नाथ–२ हुनीकी ६० वर्षीया थुपा नाथ, ५५ वर्षीय कर्ण शाही, ७२ वर्षीय मन बिष्ट, ३६ वर्षीया सुपारी बिष्ट र ६७ वर्षीया बना बिष्ट रहेका छन् । मृतकहरुको रुघाज्वरोले च्यापेर मृत्यु भएपछि भाइरल भएको अनुमान गरिएपनि कारण भने यकिन भइनसकेको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए । ‘भाईरल फैलिएको भन्ने अनुमानसम्म भएपनि पुष्टि भएको छैन,’ कुँवरले भने, ‘भाइरल भए नभएको परिक्षणका लागि नमुना केन्द्रमा पठाएका छौं ।’ चिसो बढेका कारण श्वासप्रश्वास लगायत रोगका विरामीहरु भने चपेटामा परेको देखिएको उनले बताएका छन् । बढीसंख्यामा बालबालिका र बृद्धृबृद्धा प्रभावित भएका छन् ।

२०७४ पुस २८ गते बिहान ६ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :