मकवानपुरकाे ३ घरमा आगो

काठमाडौं : मकवानपुरको मनहरी गापा ८ सिमपानीमा शुक्रबार बिहान सवा १० बजे लागेको आगोले २ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने एउटा घरमा आंशिक क्षति पुगेको छ । प्रहरीले बताए अनुसार दिलबहादुर थिङको घरमा करेन्ट सर्ट भई लागेको आगोका कारण उनको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने करिब २ लाख ५० हजारको अन्नपात तथा सामाग्री जलेर नष्ट भएको छ । त्यस्तै सोही स्थानमा बस्ने वर्ष ४४ का दमलाल थिङको घरमा पनि सोही आगोले पूर्ण रुपमा क्षति पुराएको छ । उनको करिब १ लाख ४५ हजारको धनमाल जलेर नष्ट भएको छ । त्यस्तै छेवैमा रहेको गौरी कार्कीको घरमासमेत आगलागी हुँदा उनको घरमा आंशिक रुपमा क्षति पुगेको छ । उनको घरमा करिब ३५ हजारको धनमाल जलेको इलाका प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको बताइएको छ ।

२०७४ पुस २८ गते दिउँसाे ३ :५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :