अमेरिका र दुतेर्ते शासनलाई पूर्ण रुपमा मिल्काएर फालौं : फिलिपिन्स कम्युनिस्ट पार्टी

काठमाडाैं : फिलिपिन्स कम्युनिस्ट पार्टीले “अमेरिका–दुतेर्ते शासनलाई पूर्ण रूपमा एक्ल्याएर मिल्काऔँ” भनेर अपिल जारी गरेको छ । जनवरी ७, २०१८ मा जारी सो अपिलमा सन् २०१८ मा अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाको संकटअझ तीव्र बन्ने र सत्ताधारी वर्गको साम्राज्यवादी नवउदारवादी नीतिहरूका विरुद्ध अन्तर्विरोध चर्कने निश्चित छ, जसले सशस्त्र क्रान्तिकारी आन्दोलनलाई थप तीव्र बनाउने छ ।

दुतेर्ते सरकारका फासिवादी सेना, अर्ध सेना, पुलिस र जत्थाद्वारा गरिएका निरन्तर दमन र हत्याका कारण दुतेर्ते सरकार यो वर्ष अझ नराम्रो गरी एक्लिेने छ, भनिएको छ । वक्तव्यमा अमेरिका परस्त दुतेर्ते सत्ताका विरुद्ध सशस्त्र र वैधानिक सबैखाले सङ्घर्षलाई गति दिन आम जनता तथा अन्य जनवादी शक्तिहरू एक जुट हुन पनि आह्वान गरिएको छ ।

वक्तव्यको पूर्णपाठ :

सन् २०१८ मा अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाको संकट अझ तीव्र बन्ने र सत्ताधारी वर्गको साम्राज्यवादी नवउदारवादी नीतिहरूका विरुद्ध अन्तर्विरोध चर्कने निश्चित छ, जसले सशस्त्र क्रान्तिकारी आन्दोलनलाई थप तीव्र बनाउने छ । दुतेर्ते सरकारका फासिवादी सेना, अर्ध सेना, पुलिस र जत्थाद्वारा गरिएका निरन्तर दमन र हत्याका कारण दुतेर्ते सरकार यो वर्ष अझ नराम्रो गरी एक्लिेनेछ ।

दुतेर्ते सरकार सन् २०१९ मा हुने चुनावका लागि कसरी हुन्छ आफ्नो स्थिति मजबुत बनाउन लागेको छ र आफनो स्थिति कमजोर भएपछि क्रान्तिकारी आन्दोलनलाई देखाएर चुनाव नगराउने र मुलुकका दमन र आतंक तीव्र बनाउने योजनामा छ । यसका लागि उसले आन्तरिक तयारी पनि गरिसकेको छ ।

जनताको बढदो प्रतिरोधको सामना गर्ने नाममा उसले, उसको विरोध गर्नेहरूका विरुद्ध चौतर्फी दमन अभियान चलाउनेछ । नयाँ वर्षको आरम्भमै दुतेर्ते सरकारका वकिलहरूले फिलिपिन्स कम्युनिस्ट पार्टी, यसको “न्यु पिपुल्स आर्मी”लाई “आतंककारी संगठन” घोषणा गरियोस् भनेर अदालतमा आवेदन दर्ता गरिसकेका छन् । यसको मूल उद्देश्य क्रान्तिकारी शक्तिहरू मात्र होइन, अन्य जनवादी शक्तिहरू, विपक्षीहरूमाथि पनि दमन गर्नु, उनीहरूले “न्यु पिपुल्स आर्मी”लाई सघाउ पु¥याएका छन् भनेर प्रतिपक्षहरूसमेतलाई आतङ्कित पार्नु रहेको छ ।

नवउदारवादी नीति र निजीकरणका कारण जनताले दैनिक उपभोग गर्ने बस्तुहरूलगायत जनसेवासित सम्बद्ध साधन र स्रोतको भाउ अत्यधिक मात्रामा बढेको छ । विदेशी पुँजीको निर्वाध रूपमा वृद्धि गरिएको छ । जनतामाथिको कर अत्यधिक मात्रामा बढाइएको छ । महङ्गी र बढ्दो भ्रष्टाचारका कारण आम जनताको जीवन कष्टकर बनेको छ र विरोध र प्रतिरोधका आवाजलाई क्रान्तिकारी आनदोलनसित जोडेर दबाउने गरिएको छ ।

कठपुतली, अपराधी, भ्रष्ट र दमनकारी दुतेर्ते सत्तालाई मिल्काउनका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दैछ । जनताको धनसम्पतिमाथि लुटतन्त्र मच्चाउँदै सम्पूर्ण राजनीतिक शक्ति आफूमा केन्द्रित गरेर विरोधका सबै आवाजमाथि दमन र आतंक उत्पन्न गर्ने दुतेर्तेले जति षड्यन्त्र गरे पनि यथार्थमा ऊ कमजोर हुँदैगएको छ । जनआधारसहित फासिवादी सत्ताका विरुद्ध लडिरहेको शक्ति र क्रान्तिकारी आन्दोलनलाई दबाउन अनेक गर्दा पनि नसकेपछि अहिले दुतेर्ते सत्ता क्रान्तिकारी शक्तिलाई आतंकारी ठहर गर्दै षडयन्त्रका अनेक तानाबाना बुनिरहेको छ ।

यी सबै कुरालाई ध्यानमा राखेर क्रान्तिकारी शक्तिहरूले कमजोर हुँदैगरेको दुतेर्ते शासनलाई बलियो मुक्का प्रहार गरेर मिल्काउन सशस्त्र र वैधानिक सबै किसिमका संघर्ष अभियानलाई तीव्र बनाउनु आवश्यक छ । जनजीवीका सवालहरूलाई लिएर जनतालाई सत्ताधारी वर्गका विरुद्ध सङ्गठित र परिचालित गर्नुपर्छ ।

दुतेर्तेलाई फ्याल्नु यतिखेर क्रान्तिकारी शक्तिहरूको सबैभन्दा महत्वपुर्ण कार्य हो । दुतेर्ते सरकारको निरन्तर आक्रमणबाट जनतालाई बचाउन पनि क्रान्तिकारी शक्तिले यसो गर्नु आवश्यक छ । सत्ताधारी वर्गहरूबीचको अन्तरकलहबाट क्रान्तिकारी शक्तिले फाइदा लिनुपर्छ । दुतेर्तेलाई एक्ल्याउन, उसितको अन्य शक्तिको अन्तर्विरोध चर्काउन क्रान्तिकारी शक्तिसित बिमति राख्नेहरूसित पनि सहकार्य गर्नु आवश्यक छ । यस किसिमको कार्यले दुतेर्तेलाई मिल्काउन सहयोगी बनाउने हो, मूल लडाइँ अन्ततः अमेरिका–दुतेर्ते सत्ता अर्धसामन्ती तथा अर्धऔपनिवेशिक व्यवस्थाका विरुद्ध नै हो । स्रोत : जनमेल

२०७४ पुस २८ गते मध्यान्न १२ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :