डा. केसी काण्डको छानविन अब विप्लवको टोलीले गर्छ : डा. प्रेमसिंह बस्न्यात (भिडियोसहित)

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीको पक्राउ विरुद्ध चौतर्फि रुपले विरोध गरेका छन् । केही दलका नेताको साथमा थुप्रै युवाहरुले प्रदर्शनमा उत्रिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले केसीको पक्राउबारे आफैँलाई जानकारी नभएको अभिव्यक्ति दिएपछि त बौद्धिक वर्गका व्यक्तिहरुले पनि सरकार र यो संसदीय व्यवस्थाका नेताहरुविरुद्ध कडा रुपमा प्रश्न उठाएका छन् । राजनीतिक विश्लेषक डा. प्रेमसिंह बस्न्यातले पनि सरकारको गतिविधिप्रति असन्तुष्टि पोखेका छन् । नेपालआजको स्टुडियोमा अन्तरवार्ता दिँदै उनले भ्रष्टाचारको प्रमुख क्षेत्र भनेको न्यायलय हो न्यायलयको कामकारवाही विरोध गरेका छन् । विश्वनाथ उपाध्यायाको पालादेखि नै न्यायालय नेता र बाहिरी शक्तिको ईशारामा चल्न थालेको उनको आरोप छ । ‘कुन चाहीँ न्यायाधीश दुधले धोएको छ र यहाँ ?’ उनले भने । यसबाहेक राज्यशक्तिमा रहेका अधिकांश अधिकारीहरु भ्रष्ट भएको बताउँदै अहिलेको संरचनामाप्रति नै आक्रोशित बनेका थिए । उनले थपे, ‘यस्तो गरिब देशमा वकिलहरु एक पटक बोलेको मात्रै १ लाख लिन्छन् । कसको विश्वास गर्ने यहाँ ?’अर्को क्रान्तिकारी नेताको आवस्यकता औंल्याउँदै अर्को बिद्रोह चाहिएको उनले बताए ।

‘यस्तै अवस्था रहने हो भने अर्को क्रान्ति हुनेछ,’ उनले नेपालआजसँग कुरा गर्दै भने, ‘विप्लवले बिद्रोह गर्नसक्नेछन् ।’ डा. बस्न्यातले आफू नेत्रविक्रम चन्द ‘विप्लव’को राजनीतिक दलसँग सम्बद्ध नभए पनि उनका पछिल्ला गतिविधिका कारण डा. केसीको काण्डको छानविन गर्नेसक्ने दाबि गरेका छन् ।

२०७४ पुस२६ गते बिहान १० : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :