गोपाल पराजुलीले अदालतको अवहेलना गरेका छन् : डा. केसी

काठमाडौं : प्रा. डा. गोविन्द केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बयानमा बताएका छन् । सर्वोच्चको आदेशपछि अनस्थल स्थलबाटै पक्राउ परेका डा. केसीलाई मंगलबार बिहानै अदालत लगिएको थियो । ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा बहस सुरु भएको छ । डा. केसी का एक वकिलका अनुसार बयानका क्रममा प्रधानन्यायाधीश पराजुलीमाथि नै गम्भीर प्रश्न उठाएका छन् । उनले पराजुलीको दुई वटा नागरिकता लिएको, उमेर सच्याएको तथा एसएलसी पास गरे नगरेको प्रश्न उठाएका छन् । पराजुलीले आफ्नो भन्जेज्वाइँ नातेदार कहकुल सुवेदीले ६ र ७ महिनाको अवधिमा रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएर न्यायिक स्वाधिनतामा कुठाराघात गरेको बताए । उनले भनेका छन्, ‘आफ्नो नातेदारलाई ६ र ७ महिनामा तीन पटक प्रमोसन गर्ने जस्तो अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो ओहदामा बस्न मिल्दैन । ’ उनले अघि भनेका छन्, ‘एक सचेत नागरिकको हैसियतले मैले उनको राजीनामा मागेको हुँ ।’ निजले राजीनामा दिनुपर्छ भन्ने मेरो विश्वास हो । अन्यथा न्यापपालिका स्वाधिन र स्वतन्त्र बन्न निजबाट बाधा अवरोध भइरहन्छ । ’ पराजुलीले न्यायपालिकाको अस्था, गरिमा र स्वाधिनतालाई चुनौती दिएको भन्दै डा. गोविन्द केसीले बयानमा भनेका छन् ‘निजबाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारबाही गर्नु पर्ने माग पनि गरेका छन् ।

२०७४ पुस २५ गते अपरान्ह ४ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :