लमजुब, बिचौरमा पुष्पलाल : स्थानेश्वर दवाडी

२०१३/१४ सालतिर ने.क.पा. का संस्थापक महासचिव क. पुष्पलालको पश्चिम नेपाल गण्डक क्षेत्र गोरखा, तनहुँ, लमजुब, कास्कीको भ्रमणको क्रममा लमजुबमा उहाँको पस्थितिमा क. पीताम्बर शर्मा (जोशी) को संयोजकत्वमा ९ जनाको पार्टी समिति स्थापना भएको थियो । त्यसले २०१७ सालसम्म काम गर्दै थियो । २०१७ सालमा महेन्द्रले सत्ता आफ्नो हातमा लिई निरंकुश शासन लागू गरेपछि त्यो पार्टी निस्क्रिय भै विघटन जस्तै भयो । ९ जनामध्ये ५ जना चितवन, १ जना पोखरा र ३ जना बेसीसहरका थिए । २०२९ सालमा संस्थापक नेता पुष्पलालको पार्टीको राजनीतिक विचारधारा मुताविक लमजुब पूर्वीभेग विचौरमा स्थानेश्वर दवाडीको संयोजकत्वमा ६ जनाको पार्टी समिति गठन गरियो । पछि ६ जनामध्येका इश्वरी प्रसाद न्यौपानेको सक्रियतामा मोहन विक्रम नेतृत्वको नेकपा (मसाल) को संगत लमजुब भर पैmलियो । त्यसपछि नेकपा (माले) र नेकपा (एमाले) को पनि सशक्त रुपमा विस्तार भयो । २०७४ सालको संसदीय चुनाव सबै क्षेत्रमा वाम गठबन्धन विजय भयो । २०५० सालतिर थोरै कांग्रेस र दुई तिहाइ एमाले समर्थक कम्युनिस्टकार्यकर्ता १२÷१३ जनाको सेयर उठाई, ल्याण्ड स्टार इब्गलिस वोर्डिब्ग स्कूल स्थापना गरे । सबै शेयरवालाले उठाइएको रकमबाट शिखरनाथ दवाडी (स्थानेश्वर को पिता) संग अनदाजी २ रोपनी जमिन किनियो र स्कूल स्विकृत नभएकाले तत्काललाई गोकुल दवाडी र कमल प्रसाद दवाडीको नाममा जमिन नामसारी भै लाल पुर्जा लिएपछि गएर  रकारबाट स्कूल स्विकृत भयो । १२/१३ जना शेयरवालामध्ये शिखरनाथ दवाडी (दिवंगत) पनि पर्दछन् । २०५४/५५ तिर माओवादीको बढ्दो प्रभाव र सरकारी दमनका कारण विद्यालय सञ्चालन गर्न नसकेकोले वोर्डिङ्ग स्कूल बन्द भएको थियो । विद्यालय, फेरी सञ्चालन हुने नदेखिएपछि स्थानेश्वर दवाडीको शेयरवाला कांग्रेस समेत सबै एमाले कार्यकर्तासँग त्यो जमिन, लम्जुब जिल्ला, विचौरमा नै स्थापना भएकाले पुष्पलाल प्रतिष्ठान स्थापना गरौँ भनी सबैसँग लालपुर्जावाला गोकुलप्रसाद दवाडी र कमलप्रसाद दवाडीसँग समेत सहमति भएको थियो । शेयरवालाहरु कोहि विचौर, कोहि काठमाडौं र विचौरमा भएकाले समिति गठन गर्न ढिलाइ भएको थियो ।

वेशिसहरमा एमाले समर्थक प्रिन्सिपल ईश्वर पौड्याल, रामबाबु पौड्याल नाम थाहा नभएको पुगेश्वर पौड्यालका छोरासमेत ७ जनाले वोर्डिङ्ग स्कूल खोल्न सुरु गरेका तर सरकारले स्विकृती नदिएकाले अलमलमा परेका बेला विचौर घर भै तत्काल एमालेको कुरा ती व्यक्तिहरुसँग बताई निजकै सक्रियतामा २ पक्षका समिति र (लालपुर्जावाला) लाई मिलाई गोकुलप्रसाद छोरा राहुलवादी रुपनारायण छोरा मनोज न्यौपनेको नाममा २ सेयर खाने र कमिसन खाने वन्दोवस्त गरी विचौरकै बोर्डिङ्ग स्कूल वेसिसहरको समिति (बोर्डिङ्गलाई विक्रि गरियो । यी दुई थरीलाई मिलाइ सेयर विक्री गराइ कमिसन खानेसँग मैले तीसँग तिमी कम्युनिस्ट एमालका जिल्लाका नेता, हँसिया र हथौडा र पुष्पलालको फोटो तिम्रो पार्टी मुख्यालयमा देखिन्छ । यो जमिनमा पुष्पलाल प्रतिष्ठान स्थापना गर्ने सबै मन्जुर हुँदाहुँदै किन यसो गरेको भन्दा व्यक्तिको नाममा पुर्जा छ, उनीहरुले गरे के भयो त भन्ने जवाफ दियो । यीनै व्यक्ति (जिल्ला सदस्य एमाले) को नेताले लाल पुर्जा वाला गोकुल प्रसाद समेतलाई त्यही वोर्डिङ्गको जमिनमा वृद्धाश्रम (एनजिओ/आइएनजीओ) खोल्ने र सरकारले स्थानिय वजेटमध्ये रु दुईलाख छुटयाउन लगाइयो । बृद्धाश्रमको नाममा सरकारी रकम, विदेशी रकम र पुँजीपतिसंग चन्दा उठाई पेट भर्ने काम भयो । त्यसै कारणले २०७४ साल मब्सिर १० गते विहान ८ बजेको समयमा हँसिया हथौडाको रातो झण्डा र त्यहि वाँसको लिब्गोमा, (पुष्पलाल प्रतिष्ठान, विचौर लमजुब नेपाल कमयुनिस्ट पार्टी (विप्लव) भन्ने सानो वोर्ड झुण्ड्याइयो । झण्डा गाड्नेमा सक्रियता नेपाल कम्युनिस्ट पार्टीका स्थानीय समाजसेवी स्थानेश्वर दवाडी हुनुहुन्छ ।

२०५४ सालमै बन्द रहेको उक्त विद्यालयअझसम्म बन्द अवस्थामा छ । विद्यालयको सेयरकेही व्यक्तिले एकलौटी खाएका हुनाले दोषीउपर जनकारबाहीका लागि जनअदालतमा मुद्दा दायर गर्ने तयारी गरेको एकजना पीडित सेयर धनीले बताएका छन् । जग्गाका हकवाला बिचौर निवासी थानेश्वर दवाडी, नेकपाका स्थानीय कार्यकर्ता केशव दवाडीलगायतको टोलीले मब्सिर १० गते उक्त जग्गामा टिनको फलेक र झन्डा गाडेर नेकपाका संस्थापक अध्यक्ष पुष्पलालको स्मृति स्थल बनाउने घोषणा गरेका हुन् । उक्त जग्गालाई सार्वजनिक हितमा प्रयोग गरिने स्थानीय केशव दवाडीले बताएका छन् । यो झण्डा र बोर्ड टाँगिएपछि स्थानीय एमाले कांग्रेसका कार्यकर्ता मिली क.केशव दवाडी र स्थानेश्वर दवाडीको नाममा विप्लवका आतब्ककारीहरुले अर्काको जमिनमा झण्डा र वोर्ड टाँगिएकाले निजहरुलाई तुरुन्त पक्राउ गरी ठाडो कारवाइ गरिपाउँ भनी जिल्ला प्रसासनमा उजुरी गरेछन् । जिल्ला डि.एस.पी.ले विचौर प्रहरी चौकीमा कुरा के हो बुझी रिपोर्ट गर्नु भन्ने भएछ र स्थानीय चौकी इन्चार्जले मसँग सोधनी गरे । मैले माथिको सबै कुरा बताइ दिएँ पछि उनीले पुष्पलाल एक विभुती हुन् कुरा ठिकै रहेछ भनेका थिए । स्रोत रातो खबर साप्ताहिक, वर्ष ३, अंक २९, पूर्णाङ्क १२४

२०७४ पुस २५ गते दिउँसो २ :५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :