डा. गोविन्द केसी पक्राउ / पक्राउको विरोध

काठमाडौं : डा. गोविन्द केसीले सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा अदालतको आदेशलगत्तै अनसनस्थलबाटै सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको छ । अवहेलना मुद्दामा पक्राउ परेका केसीलाई अदालतमा उपस्थित गराइएको छ । उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो । डा. केसीले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा. केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।

डा. केसीलाई पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले मंगलबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

२०७४ पुस २५ गते ११ : ०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :