म्यादी प्रहरीको मृत्यु छानविन प्रतिवेदनप्रति नेकपाको गम्भीर आपत्ति

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा म्यादी प्रहरीको तलवमा भ्रष्टाचार भएपछि कालीकोटमा भएको म्यादी र प्रहरीको बीचको झडपमा प्रहरीको गोली लागी मृत्यु भएका विवेक ऐडीको छानविन समितिले नेपाल कम्युनिस्ट पार्टी घटनाको जिम्मेवार भएको प्रतिवेदन पेश गरेपछि नेकपा, कालकोटले प्रतिवेदन झुटो र घटनाका दोशिहरुलाई बचाउन नियोजित रुपमा ल्याइएको बताएको छ । विवेक ऐडिको नेकपाका कालीकोट जिल्लाका सेक्रेटरी रणदिपले सोम एक प्रेस विज्ञप्ति जारी गरी मानवअधिकारवादी र पत्रकारहरुलाई घटनाको निश्पक्ष छानविन गर्न पनि माग गरेका छन् । १८ दिन पहिले सरकारले गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको नेतृत्वमा नेपाल प्रहरीका डिआइजी रमेश खरेलसमेत रहेको छानवीन समिती गठन गरेको थियो । विज्ञप्तिमा मृतकलाई सहिद घोषणा, परिवारलाई राहत र दोशिमाथि कडा भन्दा कडा कारवाही गर्न माग पनि गरिएको छ ।
२०७४ पुस २४ गते अपरान्ह ४:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :