रेसम मार्ग आर्थिक क्षेत्र र २१ औँ शताब्दीको सामुद्रिक रेसम मार्ग साझा रूपमा बनाउने दृष्टिकोण र कार्यक्रम

चीन राज्य परिषद्को प्राधिकारमा परराष्ट्र मन्त्रालय राष्ट्रिय विकास र सुधार आयोग र वाणिज्य मन्त्रालयले जारी गरेको – मार्च २१०५

भूमिका
दुई हजार वर्षभन्दा बढी समयअघिदेखि युरेसियाली मेहनती तथा साहसी जनताले एसिया, युरोप र अफ्रिकाका प्रमुख सभ्यताहरूसँग जोड्ने व्यापार र सांस्कृतिक सम्बन्धका अनेक बाटाहरू पत्ता लगाए र खुलाउने काम गरे । पछिल्ला पुस्ताहरूले ती सबै बाटालाई एकसाथ रेसम मार्ग ९क्ष्पि च्यबम०भन्न थाले । हजारौँ वर्षदेखि शान्ति र सहकार्य, खुलापन र समावेशी, आपसी सिकाइ र आपसी हित’ को मार्गको भावनाको एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने काम हुँदै आयो । रेसम मार्गको यो भावनाले मानवसभ्यताको प्रगतिलाई प्रोत्साहन गर्न र मूलतः रेसम मार्गमा परेका देशहरूको समृद्धि र विकासमा ठूलै योगदान पु¥याएको छ । पूर्व र पश्चिमबीच सञ्चार र सहकार्यको प्रतिनिधित्व गर्ने रेसम मार्गको भावना संसारका सबै देशहरूको साझा ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हो ।

एक्काईसौँ शताब्दी शान्ति, विकास, सहकार्य र आपसी हितको विषयलाई जनाउने नयाँ युग हो । विश्वव्यापी अर्थतन्त्र धिमा गतिमा पुनस्र्थापना भइरहेको र जटिल एवम् क्षेत्रीय परिस्थितिमा रेसम मार्गको भावनालाई अझ अघि बढाउनु हामी सबैका लागि अत्यन्त आवश्यक कुरा हो ।

सन् २०१३ के सेप्टेम्बर र अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ केन्द्रीय एसिया र दक्षिणपूर्वी एसियाको भ्रमणमा हुँदा उनले रेसम मार्ग आर्थिक क्षेत्र र २१ औँ शताब्दीको सामुद्रिक रेसम मार्ग (उप्रान्त यो लेखमा यी दुई अवधारणालाई क्षेत्र–द्यभति र बाटो–च्यबम को रूपमा उल्लेख गरिनेछ) को संयुक्त रूपमा विकास गर्ने पहलको कुरा उठान गर्नुभयो । यो विषयले संसारभरको ध्यानाकर्षण गर्न सफल भयो । सन् २०१३ को चीन–आसियान एक्सपोमा चीनका प्रधानमन्त्री ली खछ्याङले आसियानलाई ध्यानमा राखेर सामुद्रिक रेसम मार्ग बनाउनुपर्ने र पछाडि परेका क्षेत्रहरूको विकासका लागि रणनीतिक उत्तोलक बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो । क्षेत्र र बाटो बनाउने कामलाई तीव्रता दिनुले क्षेत्र र बाटोसँगैका देशहरूको आर्थिक समृद्धि र क्षेत्रीय आर्थिक सहकार्यलाई प्रोत्साहित गर्नेछ । विभिन्न सभ्यताहरूबीच सम्बन्ध र आपसी सिकाइलाई सशक्त बनाउनेछ र विश्व शान्ति तथा विकासलाई अघि बढाउनेछ । संसारभरका जनताको हित गर्ने यो बृहत् पाइला हो ।

क्षेत्र र बाटोको अगुवाइ व्यवस्थित परियोजना हो । यसको निर्माण सबैको हितलाई पूरा हुने गरी सल्लाहमा संयुक्त रूपमा गर्नुपर्दछ । क्षेत्र र बाटोमा पर्ने देशहरूको विकास रणनीतिसँग यो प्रयासलाई जोड्नुपर्दछ । चिनियाँ सरकारले यो अगुवाइको कार्यान्वयनलाई प्रोत्साहित गर्न प्राचीन रेसम मार्गको महिमा र महत्व उजागर गर्न र एसियाली, युरोपेली र अफ्रिकी देशहरूलाई अझ नजिक ल्याउन र आपसी हितकारी सहकार्यलाई नयाँ रूपमा, नयाँ उचाइमा पु¥याउन रेसम मार्ग आर्थिक क्षेत्र र २१ औँ शताब्दीको सामुद्रिक रेसम मार्ग संयुक्त रूपमा निर्माण गर्ने दृष्टिकोण तथा कार्यक्रमको मस्यौदा गरी प्रकाशित गरेको छ ।

१. पृष्ठभूमि

संसारमा जटिल र प्रस्ट परिवर्तनहरू भइरहेका छन् । अन्तर्राष्ट्रिय वित्तीय सङ्कटका अन्तर्निहित प्रभावहरू सतहमा आउँदैछन् । विश्वको अर्थतन्त्रले सुस्त गतिमा पुनर्जीवन पाइरहेको छ र संसारको विकास असमान छ । अन्तर्राष्ट्रिय व्यापार र लगानीको परिदृश्य र बहुपक्षीय व्यापार र लगानीका नियमहरूमा प्रमुख परिवर्तनहरू हुँदैछन् र देशहरूले आआफ्नो विकासका लागि ठूल्ठूला चुनौतीहरू सामना गर्दैछन् ।

बहुध्रु्रवीय विश्व, आर्थिक विश्वव्यापीकरण, सांस्कृतिक विविधता र विस्तृत सूचनाप्रविधि (आईटी) को प्रयोगलाई समेटिएको क्षेत्र र बाटोको संयुक्त विकासको योजना खुला क्षेत्रीय सहकार्यको भावनामा आधारित रहेर विश्वव्यापी स्वतन्त्र व्यापार व्यवस्था तथा खुला विश्व अर्थतन्त्रलाई अघि बढाउने ध्येयले बनाइएको योजना हो । यो योजना आर्थिक पक्षको व्यवस्थित र स्वतन्त्र प्रवाह, स्रोतको उच्च प्रभावकारी परिचालन र बजारको गहिरो एकीकरण गर्नमा लक्षित छ । क्षेत्र र बाटोमा पर्ने देशहरूको आर्थिक नीतिगत समन्वय हासिल गर्न र विस्तृत र अझ गहिरो क्षेत्रीय सहकार्य अझ उच्च स्तरमा विकास गर्न तथा सबैको हित गर्ने खुला, समावेशी र सन्तुलित क्षेत्रीय आर्थिक सहकार्यको वास्तुशास्त्रका साझा रूपमा बनाउनु यो योजनाको लक्ष्य हो । संयुक्त रूपमा क्षेत्र र बाटोको विकास विश्व समुदायको हितमा छ । मानव समाजको साझा आदर्श र सुखलाई प्रतिबिम्बित गर्ने यो योजना अन्तर्राष्ट्रिय सहकार्य र विश्वव्यापी शासनको नयाँ ढाँचा खोजी गर्ने सकारात्मक सोचाइ हो । यसले विश्व शान्ति र विकासमा नयाँ सकारात्मक उर्जा सञ्चार गर्नेछ ।

क्षेत्र र बाटोको योजनाको लक्ष्य एसियाली, युरोपेली र अफ्रिकी महादेशहरू र तिनीसँग जोडिएका समुद्रहरूबीच जोड्ने कामलाई प्रोत्साहित गर्ने, क्षेत्र र बाटोमा जोडिएका देशहरूबीच साझेदारी स्थापित गर्ने र बलियो बनाउने, सर्वपक्षीय, बहुआयामिक र मूर्त रूपमा जोडिने सञ्जाल स्थापना गर्ने र ती देशहरूमा विविधतापूर्ण, स्वाधीन, सन्तुलित र दिगो विकासलाई कार्यान्वयन गर्ने हुन् । जोड्ने परियोजनाले क्षेत्र र बाटोमा पर्ने देशहरूको विकासका रणनीतिलाई संयोजन र समन्वय गर्न, ती क्षेत्रमा बजार बनाउन, लगानी र उपभोग प्रोत्साहित गर्न, जनता–जनताबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्न, कुनै पनि विषयमा जानकार देशका जनताबीच आपसी ज्ञान आदानप्रदान गर्ने र एकअर्काबीच समझदारी विश्वास र सम्मान गर्न सक्षम बनाउन र सद्भाव, शान्ति तथा समृद्धिमा बाँच्न सक्ने बनाउन सहयोग गर्नेछ ।

चीनको अर्थतन्त्र विश्वको अर्थतन्त्रसँग नजिक रूपमा गाँसिएको छ । चीन खुलापन, खुलापनको सर्वपक्षीय नयाँ ढाँचा निर्माण गर्न र त्यसलाई विश्व आर्थिक बन्दोबस्तलाई अझ गहिरोसँग समागम गर्ने आधारभूति नीतिमा प्रतिबद्ध रहनेछ । यो योजनाले चीनमा खुलापनलाई थप विस्तार गर्न र गहिरो बनाउन तथा एसिया, युरोप र अफ्रिकालगायत बाँकी विश्वका देशहरूसँग आपसी हितकारी सहकार्य बलियो बनाउन सक्षम बनाउनेछ । चीन आफ्नो क्षमताले भ्याएका अरू बढी जिम्मेवारी बहन र कर्तव्य पालना गर्न प्रतिबद्ध छ र मानव जातिको शान्ति र विकासका लागि ठूलो योगदान गर्न दृढनिश्चयी छ ।

२) सिद्धान्त

क्षेत्र र बाटोको अगुवाइ संरासङ्घको बडापत्रको उद्देश्य र सिद्धान्तबमोजिम छ । यसले एकअर्को देशको सार्वभौमिकता, भौगोलिक र अखण्डताप्रति आपसी सम्मान, एकआपासमा अनाक्रमण, एकअर्कोमा आन्तरिक मामिलामा अहस्तक्षेप, समानता र आपसी हित र शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका पाँच सिद्धान्तलाई अग्रस्थानमा राख्नेछ ।

यो अगुवाइ सहकार्यका लागि खुला छ । यसले प्राचीन रेसम मार्गलाई समेटेको छ । तर यो त्यत्तिमा मात्र सीमित छैन । आआफ्नो संलग्नताका लागि यो सबै देशहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्गठनहरूका लागि खुला छ किनभने सबैको प्रयासले सबैको व्यापक फाइदा हुने परिणामको अपेक्षा गर्न सकिनेछ ।

यो अगुवाइ सद्भावपूर्ण र समावेशी छ । यसले सभ्यताहरूको सहिष्णुता, विभिन्न देशहरूले अवलम्बन गरेका विकासका बाटा र ढाँचाप्रति सम्मान र सबै देशको साझा समृद्धिका लागि शान्तिपूर्ण सहअस्तित्व स्थापित गर्न एकअर्काबीचको भिन्नता कम गर्दै एउटाको शक्तिले अर्कोलाई अघि बढाउने तथा सहमतिका साझा आधारहरूको खोजी गर्ने सिद्धान्तमा रहेर भिन्न सभ्यताबीच संवादको वकालत गर्दछ ।

यो अगुवाइले बजार परिचालनलाई पछ्याउँछ । यसले बजारको नियम र अन्तर्राष्ट्रिय मान्यतालाई अङ्गीकार गर्छ । स्रोत स्थापना र व्यापारिक निकायहरूको प्राथमिक भूमिकाको सन्दर्भमा बजारको महत्वपूर्ण भूमिकालाई स्वीकार्दछ र सरकारलाई आफ्नो भूमिका निर्वाह गर्न छोड्नुपर्ने मान्यता बोक्दछ ।

यो अगुवाइले आपसी हितको खोजी गर्दछ । यसले यसमा समाहित सबै पक्षको हित र चासोलाई मिलाएर लग्नेछ । सबै पक्षको बौद्धिकता र रचनात्मक शक्ति र सामाथ्र्यको पूर्ण विकास र उपयोगका निम्ति सहकार्य गर्न आपसी हित र ‘सबभन्दा ठूलो साझा निर्धारक’ को खोजी गर्ने काम यो अगुवाइले गर्नेछ ।

३) ढाँचा

क्षेत्र र बाटो अगुवाइ सबै पक्षले जित्ने सहकार्य ९धष्ल(धष्ल अय(यउभचबतष्यल० को बाटो हो जसले साझा विकास र समृद्धिलाई प्रोत्साहित गर्दछ र यो आपसी समझदारी र विश्वासलाई दिगो र सर्वपक्षीय सम्बन्धलाई बलियो बनाएर अघि बढ्ने बाटो हो । चिनियाँ सरकार, शान्ति, सहकार्य, खुलापन र समावेशिता, आपसी सिकाइ र आपसी हितको पक्षपाती हो । यसले सबै क्षेत्रमा व्यावहारिक सहकार्यको पक्षपोषण गर्दछ र साझा हित आपसी राजनीतिक विश्वासमा आधारित भविष्य र जिम्मेवारी, आर्थिक, एकता तथा सांस्कृतिक समावेशीमा आधारित समुदाय निर्माणका लागि काम गर्दछ ।

क्षेत्र र बाटो एसिया युरोप र अफ्रिका महादेश हुँदै उदीयमान पूर्वीएसियाको आर्थिक वृत्तको अर्को छेउसम्म जोडेको छ । यसअन्तर्गत ठूलो आर्थिक विकासको सम्भावना बोकेका देशहरू समावेश छन् । रेसम मार्गको आर्थिक क्षेत्रले चीन, मध्यएसिया, रुस र युरोप (बाल्टिक) लाई सँगै ल्याउन, मध्यएसिया र पश्चिमएसिया हुँदै चीनलाई पर्सियाली खाडी र भूमध्य सागरमा जोड्न चीनलाई दक्षिणपूर्वी एसिया, दक्षिणएसिया र भारतीय महासागरसँग जोड्न जोड दिएको छ । २१ औँ शताब्दीको सामुद्रिक रेसम मार्ग चीनको तटीय क्षेत्रबाट एउटा बाटोअन्तर्गत दक्षिण चिनियाँ सागर र भारतीय महासागर हुँदै युरोप पुग्ने र अर्को बाटोअन्तर्गत चीनको तटीय क्षेत्रबाट दक्षिणी चिनियाँ समुद्र हुँदै दक्षिणी प्रशान्त महासागरतर्फ अघि बढ्छ ।

यो अगुवाइले भूमिमा एउटा युरेसियाली भूमिपुलको संयुक्त निर्माण र चीन–मङ्गोलिया–रुस, चीन–मध्यएसिया–पश्चिमएसिया र चीन–हिन्द–चिनियाँ प्रायःद्वीप आर्थिक क्षेत्रको निर्माण गर्नमा जोड दिनेछ । अन्तर्राष्ट्रिय यातायातको बाटोको उपयोग, क्षेत्र र बाटोअन्तर्गत पर्ने प्रमुख सहरहरूलाई समावेश र मुख्यमुख्य आर्थिक औद्योगिक क्षेत्रहरूलाई सहकार्यका दबु बनाएर ती आर्थिक क्षेत्रको निर्माण गरिनेछ । समुद्रमा यो अगुवाइले क्षेत्र र बाटोअन्तर्गत प्रमुख सामुद्रिक बन्दरगाहहरू जोड्दै संयुक्त रूपमा सुचारु सुरक्षित स्तर भएका प्रभावकारी यातायातका बाटा बनाउनुमा जोड दिएको छ । चीन–पाकिस्तान आर्थिक बाटो र बङ्गलादेश–चीन–भारत–म्यानमारको आर्थिक बाटो घनिष्ठ रूपले क्षेत्र र बाटोको अगुवाइसँग सम्बन्धित पक्षहरू हुन् र त्यसकारण निकटको सहकार्य र अझ ठूलो प्रगतिको आवश्यकता छ ।

यो अगुवाइ क्षेत्र र बाटोमा पर्ने देशहरूबीच खुलापन र सहकार्यको महत्वाकाङ्क्षी आर्थिक दृष्टिकोण हो । ती देशहरूले आपसी हित र साझा सुरक्षाका लक्ष्यहरू पूरा गर्न चासोका साथ काम गर्नेछ । प्रस्ट रूपमा भन्नुपर्दा उनीहरूले क्षेत्रीय पूर्वाधारमा सुधार गर्नुपर्दछ र उनीहरूबीचको सम्बन्धलाई अझ उच्च तहमा पु¥याउँदै भूमि, समुद्र र आकाशको बाटोमा सुरक्षित र प्रभावकारी सञ्जालको विकास गर्न जरुरी छ । व्यापार र लगानी सहजतालाई अझ अघि बढाउनुपर्दछ । उच्च स्तरको आवश्यकता पूरा गर्न स्वतन्त्र व्यापार क्षेत्रहरूको सञ्जाल स्थापना गर्नुपर्दछ । आर्थिक सम्बन्धलाई अझ बलियो बनाउनुपर्दछ र राजनीतिक विश्वास गहिरो बनाउनुपर्दछ । सभ्यताहरूको भिन्नतालाई कम गर्दै एकापसबाट सिक्ने र प्रवद्र्धन गर्नमा जोड दिनुपर्दछ । सबै देशका जनताबीच आपसी समझदारी, शान्ति र मित्रतालाई प्रोत्साहन गर्न जरुरी छ ।

४) सहकार्यका प्राथमिकता

क्षेत्र र बाटोमा पर्ने देशहरूका आफ्नै स्रोतहरूका विशिष्टता छन् र उनीहरूको अर्थतन्त्र एकअर्काका परिपूरक छन् । तसर्थ उनीहरूबीच सहकार्यको ठूलो सम्भावना र क्षेत्रहरू छन् । उनीहरूले नीतिगत समन्वय, सेवा र साधनहरूको सम्बन्धलाई आफ्ना प्रमुख पाँच लक्ष्यहरूको रूपमा प्रोत्साहन गर्दै निम्नानुसारका क्षेत्रहरूमा सहकार्यलाई बलियो बनाउँदै जानुपर्दछ ।

नीतिगत समन्वय

नीतिगत समन्वय यो अगुवाइको कार्यान्वयनका लागि महत्वपूर्ण सुनिश्चितता हो । हामीले अन्तरसहकारी सहकार्य, विभिन्न तहमा अन्तरसरकारी बृहत् नीतिगत सम्बन्ध र सञ्चार संयन्त्रको विकास, साझा हितको विस्तार, आपसी राजनीतिक विश्वास अभिवृद्धि र एउटा नयाँ सहकार्य सहमतिमा पुग्न जोड दिनुपर्दछ । क्षेत्र र बाटोमा पर्ने देशहरूबीच आर्थिक विकासका रणनीति र नीतिहरूमा पूर्ण समन्वय गर्नुपर्दछ, क्षेत्रीय सहकार्यका लागि योजना र कार्यक्रम तर्जुमा गर्नुपर्दछ, सहकार्यसँग सम्बन्धित विषयहरू संवादमार्फत समाधान गर्नुपर्दछ र व्यावहारिक सहकार्य र बृहत् स्तरका परियोजनाको कार्यान्वयनको लागि संयुक्त रूपमा नीतिगत सहायता प्रदान गर्नुपर्दछ ।

सेवा र साधनहरूको सम्बन्ध विस्तार

यो अगुवाइको कार्यान्वयनका लागि सेवा र साधनहरूको सम्बन्ध विस्तार प्राथमिकताको क्षेत्र हो । एकआपसको सार्वभौमिकता र सुरक्षा चासोप्रति सम्मानको आधारमा क्षेत्र र बाटोमा परेका देशहरूले आफ्ना पूर्वाधार निर्माण योजना र प्राविधिक स्तर प्रणालीको सम्बन्धमा सुधार, अन्तर्राष्ट्रिय राजमार्गको निर्माणलाई संयुक्त रूपमा अघि बढाउने र एसियाका विभिन्न उपक्षेत्रहरू र एसिया, युरोप र अफ्रिकालाई पाइलापाइला गर्दै जोड्ने पूर्वाधार सञ्जालको निर्माण गर्नुपर्दछ । सँगसँगै हरियाली प्रोत्साहन र कार्बन कम उत्सर्जन गर्ने पूर्वाधार निर्माण गर्ने र सञ्चालन व्यवस्थापन गर्ने काममा पहल गर्नुपर्दछ । यस्ता निर्माण कार्य गर्दा जलवायु परिवर्तनमा प्रभावका विषयमा सजग हुनुपर्दछ ।

यातायातका पूर्वाधार निर्माणको सन्दर्भमा हामीले प्रमुख राजमार्ग, चौबाटाहरू र परियोजनाहरूमा ध्यान केन्द्रित गर्नुपर्दछ र नजोडिएको सडक खण्डलाई जोड्ने विषयमा, यातायातका लागि अप्ठ्यारा ठाउँहरूलाई पन्छाउने र बाटोको सुरक्षा सुविधा र ट्राफिक व्यवस्थापन सेवा र साधनहरू एवम् सडक सञ्जाल सम्बन्ध विकास तथा विस्तारमा प्राथमिकता दिनुपर्दछ । हामीले सञ्जाल सम्बन्ध विकास तथा विस्तारमा प्राथमिकता दिनुपर्दछ । हामीले यातायातको सम्पूर्ण संरचना विकास, भन्सार छूटको सम्बन्ध विस्तार, देशहरूबीच पुनः लोडिङ र सामान ओसारपसारको एकद्वार यातायात र क्रमशः सबैतिर उपयुक्त स्तरीय यातायात नियमको विकास गर्नुपर्दछ किनभने अन्तर्राष्ट्रिय यातायात सुविधालाई अघि बढाउन सकियोस् । हामीले बन्दरगाह पूर्वाधार निर्माण, जमिनबाट पानीमा हुने यातायातका लागि सुचारु बाटो निर्माण र बन्दरगाह सहकार्यलाई अगाडि बढाउने, सामुद्रिक बाटा र सामुद्रिक यात्राको सङ्ख्या बढाउने र सामुद्रिक यात्राका लागि आवश्यक सूचनाप्रविधिको सहकार्यलाई अघि बढाउनुपर्दछ । हामीले विस्तृत नागरिक उड्डयन सहकार्यका लागि र उड्डयन पूर्वाधारमा सुधारका लागि हाम्रो गतिलाई द्रुततर बनाउन दबु र संयन्त्रको विस्तार र निर्माण गर्नुपर्दछ ।

हामीले ऊर्जा पूर्वाधारको सम्बन्धमा सहकार्य गर्नुपर्दछ । तेल र ग्यास पाइपलाइन र अन्य यातायातका बाटाको सुनिश्चितताका लागि काम गर्नुपर्दछ । अन्तरसिमाना ऊर्जा आपूर्ति सञ्जाल र ऊर्जा प्रसारण बाटाको निर्माण गर्दै क्षेत्रीय ऊर्जा ग्रिडको स्तरोन्नति र रूपान्तरणमा सहकार्यलाई बढाउनुपर्दछ ।

हामीले संयुक्त रूपमा अन्तरसिमाना अप्टिकल केबुल र अन्य सञ्चारको सीधा सञ्जालहरूको निर्माण अघि बढाउनुपर्दछ । अन्तर्राष्ट्रिय सञ्चार सम्बन्धमा सुधार गरी सूचना रेसम मार्ग सिर्जना गर्नुपर्दछ । हामीले दुईपक्षीय अन्तरसिमाना अप्टिकल सञ्जालको निर्माण तीव्र गतिमा गर्नुपर्दछ र सूचना सम्बन्ध र सहकार्यलाई विस्तार गर्न अन्तरमहादेशीय सामुद्रिक अप्टिकल केबुल परियोजनाको योजना र भूउपग्रह सूचना मार्गको सुधारमा जोड दिनुपर्दछ ।बेरोकतोक व्यापार

सहकार्य क्षेत्र र बाटो निर्माणको लागि लगानी र व्यापार महत्वपूर्ण छ । हामीले लगानी र व्यापारको सुविधाको सहजता र सबै सम्बन्धित देशहरूमा र क्षेत्रीय रूपमा पनि चुस्त व्यापारको वातावरणका लागि लगानी र व्यापार गर्न तगारा बनेका कुराहरूलाई पराजित गर्नुपर्दछ । हामीले क्षेत्र र बाटोमा पर्ने सबै देशहरूमा स्वतन्त्र व्यापार खुला गर्न र सबै देशहरू र क्षेत्रहरूसँग छलफल गर्नेछौँ किनभने विस्तृत सहकार्यका लागि क्षमता विस्तार गर्न सकियोस् ।

क्षेत्र र बाटोमा परेका देशहरूले सूचना सम्बन्ध, नीति नियमहरूको आपसी सम्मान र कानुन कार्यान्वयनका लागि आपसी सहायता, अनुगमन र संक्रामक रोगीलाई अरूसँग अलग राख्ने चेकजाँच, प्रमाणीकरण र विश्वसनीयताको क्षेत्रमा दुईपक्षीय र बहुपक्षीय सहकार्य, स्तरमापन र तथ्यांकित सूचना आदान–प्रदानलाई अभिवृद्धि गर्नुपर्दछ । विश्व व्यापार सङ्गठनको व्यापार सुविधा सम्झौताको कार्यान्वयन सुनिश्चित गरिनुपर्दछ । हामीले सिमानाका बन्दरगाहहरूमा भन्सार सेवाको छुट गर्ने बन्दोबस्तमा सुधार, सीमावर्ती बन्दरगाहमा ‘एकद्वार नीति’, स्थापित गरिनुपर्दछ । भन्सार छुटको शुल्क घटाउनुपर्दछ र भन्सार छुटको क्षमतामा सुधार गर्नुपर्दछ । हामीले आपूर्तिको सुरक्षा र सहजतामा सहकार्य गर्नुपर्दछ । अन्तर्सिमाना सुपरीवेक्षण प्रक्रियामा समन्वय गर्नुपर्दछ । सीमा क्षेत्रमा अनुगमन र संक्रामक रोगीलाई अलग राख्नको लागि अनलाइन सेवाको उपयोगलाई प्रोत्साहित गर्नुपर्दछ । आधिकारिक आर्थिक परिचालकहरूको आपसी अनुमोदनलाई सहज बनाउनुपर्दछ । हामीले कर नलाग्ने अवरोधहरूलाई कम गर्दै जानुपर्दछ । संयुक्त रूपमा प्राविधिक व्यापार सूचकहरूलाई पारदर्शी गर्दै जानुपर्दछ र व्यापार उदारीकरण र सुविधालाई अभिवृद्धि गर्दै जानुपर्दछ ।

हामीले व्यापार क्षेत्रहरूको विस्तार, व्यापार संरचनाको सुधार, व्यापारका नयाँ वृद्धिको सम्भावनाको खोजी र व्यापार सन्तुलनलाई अभिवृद्धि गर्दै जान जरुरी छ । हामीले सबैखाले व्यापारबारे खोज अनुसन्धान गर्दै जान जरुरी छ र अन्तर्सिमाना इ–कमर्स र अरू आधुनिक प्रविधिहरूको प्रयोग गर्न ध्यान दिनुपर्दछ । सर्वमान्य व्यापारको विकास र विस्तार गर्न सेवा व्यापार सहयोग प्रणाली स्थापित गर्नुपर्दछ र आधुनिक सेवा व्यापारको विकासलाई बलियो बनाउनुपर्दछ । लगानी र व्यापारलाई एकीकृत गर्दै जानुपर्दछ र लगानीमार्फत् व्यापारलाई प्रोत्साहित गर्नुपर्दछ ।

हामीले लगानीको सहजतालाई गति दिने, लगानीमा अवरोधहरू उन्मूलन गर्ने र लगानी सुरक्षा सम्झौताको लागि दुई पक्षीय संवाद अगाडि बढाउने र दोहोरो करलाई हटाउने सम्झौतालाई ध्यान दिनुपर्दछ र यसले लगानीकर्ताहरूको कानुनी अधिकार र हितको संरक्षण गर्नेछ ।

 

हामीले आपसी लगानी क्षेत्र विस्तार, कृषि, वन, पशुपालन र माछापालनमा सहकार्य, कृषि औजारको उत्पादन र कृषि उत्पादनको प्रशोधनमा सहकार्य र सामुद्रिक उत्पादनको खेती, समुद्रको गहिराइमा गरिने माछा मार्ने काम, जलउत्पादनको प्रशोधन, समुद्रको पानीबाट नुन निकाल्ने काम, सामुद्रिक जैविक फार्मेसी, सामुद्रिक इन्जिनियरिङ प्रविधि, वातावरणीय सुरक्षा, उद्योग, सामुद्रिक पर्यटन र अरू क्षेत्रहरूमा प्रोत्साहनलाई अझ गहिरो गरी लानुपर्दछ । हामीले कोइला, तेल, ग्यास, धातु, खनिज र अरू उपलब्ध ऊर्जा स्रोतहरूको उत्खनन् विकासको लागि अझ बढी सहकार्य गर्दै जानुपर्दछ । जलविद्युत, आणविक ऊर्जा, वायु ऊर्जा र अरू सफा तथा नवीकरणीय ऊर्जा स्रोतहरूको विकासको लागि सहकार्य गर्न जरुरी छ । ऊर्जा निकालेकै ठाउँमा वा नजिकका स्थानहरूमा ऊर्जा र स्रोतहरूको प्रशोधन र रूपान्तरण गर्नमा सहकार्यमा जोड दिनुपर्दछ । यसो गर्नाले ऊर्जा र स्रोत सहकार्यको एकीकृत औद्योगिक विकासको लागि सहज हुनेछ । हामीले ऊर्जा र स्रोतहरूको क्षेत्रमा मिहिन प्रशोधन प्रविधि, साधन र इन्जिनियरिङ सेवामा सहकार्यलाई अझ अघि बढाउन सक्दछौँ ।

हामीले उदीयमान उद्योगहरूमा सहकार्यलाई अघि बढाउनुपर्दछ । आपसी परिपूरक र आपसी हितको सिद्धान्तका आधारमा हामीले क्षेत्र र बाटोअन्तर्गत पर्ने देशहरूसँग नयाँ पुस्ताको सूचना प्रविधि, जैविक प्रविधि, नयाँ ऊर्जा प्रविधि, नयाँ पदार्थ र अरू उदीयमान उद्योगमा गहिरो तरिकाको सम्बन्ध विस्तार गर्नुपर्दछ र व्यापारिक र लगानीको सहकार्य संयन्त्र स्थापना गर्न जरुरी छ ।

हामीले सम्पूर्ण औद्योगिक प्रणाली र सबै सम्बन्धित उद्योगहरूलाई उत्साहित गर्दै श्रम विभाजन र औद्योगिक प्रणालीको वितरणलाई तिनको विकासको ध्येयले सुधार गर्न जरुरी छ । अनुसन्धान र विकासको क्रमलाई प्राथमिकता दिनुपर्दछ । उत्पादन र बजार व्यवस्थापनलाई प्रवद्र्धन गरिनुपर्दछ । औद्योगिक सहायता, क्षमता र समग्र क्षेत्रीय उद्योगको प्रतिस्पर्धामा सुधार गर्नुपर्दछ । क्षेत्रीय सेवा उद्योगको विकासको गतिलाई गतिवान बनाउन हाम्रा सेवा उद्योग एकअर्कोलाई खुला गरिनुपर्दछ । हामीले लगानीको नयाँ ढाँचाको खोजी गर्नैपर्दछ । विदेशमा आर्थिक तथा व्यापारिक सहकार्य क्षेत्र र अन्तर्सिमाना आर्थिक सहकार्य क्षेत्रलगायत सबैखाले औद्योगिक क्षेत्रको विकासको लागि सँगै काम गर्नुपर्दछ । औद्योगिक गठजोड विकासलाई प्रोत्साहन गर्नुपर्दछ । लगानी र व्यापारको विकाससँगै पर्यावरणीय प्रगतिलाई पनि ध्यान दिनुपर्दछ । जैविक वातावरणको रक्षाको लागि सहकार्य बढाउनुपर्दछ । जैविक विविधताको संरक्षण गर्नुपर्दछ । जलवायु परिवर्तनका चुनौतीको सामना गर्नुपर्दछ । रेशममार्गलाई वातावरणमैत्री बनाउन हातमा हात राखी काम गर्नुपर्दछ ।

हामी सबै देशका कम्पनीहरूलाई चीनमा लगानी गर्न आमन्त्रण गर्दछौँ । साथै, सबै चिनियाँ व्यापारिक प्रतिष्ठानहरूलाई क्षेत्र र बाटोमा पर्ने अरू देशहरूमा पूर्वाधार निर्माणमा सहभागी बन्न उत्साहित गर्न चाहन्छौँ । ती देशहरूमा औद्योगिक लगानीको लागि प्रोत्साहित गर्दछौँ । हामी स्थानीय अर्थतन्त्रको विकास, स्थानीय रूपमा रोजगारी सिर्जना, स्थानीय तहमा जीवनस्तर वृद्धि र स्थानीय जैविक विविधता र जैविक वातावरणको रक्षाको लागि सामाजिक जिम्मेवारीबोध गराउन स्थानीय सञ्चालन र व्यवस्थापन गर्ने चिनियाँ कम्पनीहरूको नीतिप्रति समर्थन गर्दछौँ ।

वित्तीय समागम

क्षेत्र र बाटोको अगुवाईको कार्यान्वयनको लागि एउटा महत्वपूर्ण अन्तर्निहीत पक्ष भनेको वित्तीय एकीकरण हो । हामीले वित्तीय सहकार्य गहिरो बनाउँदै लानुपर्दछ । हामीले एसियामा मौद्रिक स्थायित्व प्रणाली, लगानी र वित्तीय प्रणाली र ऋण सूचना प्रणाली बनाउन केही थप मिहिनेत गर्न जरुरी छ । हामीले दुई देशबीच मुद्रा आदानप्रदानको क्षेत्र र मात्रा बढाउन आवश्यक छ । क्षेत्र र बाटोमा रहेका अन्य देशहरूसँग भएका समस्या समाधान गर्नुपर्दछ र एसियामा धितो बजार खुला गरी विकास गर्नुपर्दछ । एसियाली पूर्वाधार लगानी बैंक र ब्रिक्स नयाँ विकास बैंक बनाउन संयुक्त पहल गर्नुपर्दछ । साङ्घाई सहकार्य सङ्गठनको स्थापनाको लागि सम्बन्धित अरू पक्षहरूसँग संवादको थालनी गर्नुपर्दछ र सकेसम्म चाँडो रेशममार्ग कोष स्थापना गरी परिचालन गर्नुपर्दछ । चीन–आसियान अन्तर–बैंक सङ्गठनको व्यापारिक सहकार्यलाई बलियो बनाउनुपर्दछ । एकाधिकार ऋण र बैङ्क सङ्गठनको व्यापारिक सहकार्यलाई बलियो बनाउनुपर्दछ । एकाधिकार ऋण र बैङ्कको कर्जाको रूपमा बहुपक्षीय वित्तीय सहकार्य अगाडि बढाउनुपर्दछ । हामी क्षेत्र र बाटोमा परेका देशका सरकारहरू, तिनका कम्पनीहरू र वित्तीय निकायहरूलाई चीनमा रेनमिन धितो जारी गर्न राम्रो कर्जा दरसहित तिनका पहललाई समर्थन गर्दछौँ । योग्य चिनियाँ वित्तीय संस्था र कम्पनीहरूलाई चीन बाहिर दुवै रेनमिन र विदेशी मुद्रा जारी गर्न उत्साहित गर्दछौँ । त्यसरी जम्मा भएको कोष क्षेत्र र बाटोमा पर्ने देशहरूमा प्रयोग गर्नेछौँ ।

क्षेत्र र बाटोमा रहेका अन्य देशहरूसँग भएका समस्या समाधान गर्नुपर्दछ र एसियामा धितो बजार खुला गरी विकास गर्नुपर्दछ । एसियाली पूर्वाधार लगानी बैंक र ब्रिक्स नयाँ विकास बैंक बनाउन संयुक्त पहल गर्नुपर्दछ । साङ्घाई सहकार्य सङ्गठनको स्थापनाको लागि सम्बन्धित अरू पक्षहरूसँग संवादको थालनी गर्नुपर्दछ र सकेसम्म चाँडो रेशममार्ग कोष स्थापना गरी परिचालन गर्नुपर्दछ । चीन–आसियान अन्तर–बैंक सङ्गठनको व्यापारिक सहकार्यलाई बलियो बनाउनुपर्दछ । एकाधिकार ऋण र बैङ्क सङ्गठनको व्यापारिक सहकार्यलाई बलियो बनाउनुपर्दछ । एकाधिकार ऋण र बैङ्कको कर्जाको रूपमा बहुपक्षीय वित्तीय सहकार्य अगाडि बढाउनुपर्दछ । हामी क्षेत्र र बाटोमा परेका देशका सरकारहरू, तिनका कम्पनीहरू र वित्तीय निकायहरूलाई चीनमा रेनमिन धितो जारी गर्न राम्रो कर्जा दरसहित तिनका पहललाई समर्थन गर्दछौँ । योग्य चिनियाँ वित्तीय संस्था र कम्पनीहरूलाई चीन बाहिर दुवै रेनमिन र विदेशी मुद्रा जारी गर्न उत्साहित गर्दछौँ । त्यसरी जम्मा भएको कोष क्षेत्र र बाटोमा पर्ने देशहरूमा प्रयोग गर्नेछौँ ।

हामीले वित्तीय नियमक सहकार्यलाई बलियो बनाउनुपर्दछ । दुई पक्षीय वित्तीय नियमन सहकार्यमा समझदारी पत्रमा हस्ताक्षर गर्न उत्साहित गर्दछौँ । यो क्षेत्रमा एउटा प्रभावकारी समन्वयात्मक संयन्त्र स्थापना गर्नमा जोड दिइनेछ । हामीले जोखिम सामनाको प्रणाली र सङ्कट व्यवस्थापनमा सुधार गर्नुपर्दछ । वित्तीय संकटको पूर्व जानकारी दिने क्षेत्रीय प्रणालीको विकास गर्नुपर्दछ । वित्तीय सङ्कटको पूर्व–जानकारी दिने क्षेत्रीय प्रणालीको विकास गर्नुपर्दछ । सीमा वारपार खतरा र सङ्कटको सम्बोधन गर्न सम्बन्ध र सहकार्यको संयन्त्रको विकास गर्नुपर्दछ । कर्जा अनुसन्धान नियमन, कर्जा अनुसन्धान संस्था र कर्जास्तर निर्धारक निर्धारक संस्थाबीच अन्तर्सिमाना सम्बन्ध र सहकार्य बढाउनुपर्दछ । हामीले रेशममार्ग कोषको पूर्ण परिचालन गर्नुपर्दछ र साथै क्षेत्र र बाटोमा परेका देशहरूका सार्वभौम धन कोषको पनि पूर्ण परिचालनमा ध्यान दिनुपर्दछ । रेशममार्गको अगुवाईको लागि प्रमुख परियोजना निर्माणमा सहभागी बन्न व्यापारिक औचित्यले लगानी कोष र निजी कोषलाई उत्साहित गनुपर्दछ ।

नतादेखि जनतासम्मको सम्बन्ध

यो अगुवाई कार्यान्वयनको लागि जनतादेखि जनतासम्मको सम्बन्धले जनसमर्थन जुटाउने काम गर्दछ । विस्तृत सांस्कृतिक र बौद्धिक सम्बन्ध, वैयक्तिक सम्बन्ध र सहकार्य, सञ्चार सहकार्य, युवा महिला सम्बन्ध तथा स्वयंसेवी सेवालाई प्रोत्साहित गरी रेशममार्गको मैत्रीपूर्ण सहकार्यको भावनामा काम अघि बढाउनुपर्दछ । यसले बहुपक्षीय र दुईपक्षीय सहकार्यलाई गहिरो बनाउन जनसमर्थन जित्न सक्छौँ ।

हामीले एकअर्काको देशमा धेरैभन्दा धेरै विद्यार्थीहरू आदानप्रदान गर्न सक्दछौँ र संयुक्त रूपमा विद्यालयहरू सञ्चालनमा सहकार्यलाई प्रोत्साहन गर्न सक्दछौँ । चीनले क्षेत्र र बाटोमा परेका देशहरूका सरकारलाई हरेक वर्ष दस हजार छात्रवृत्ति दिने गरेको छ । हामीले सांस्कृतिक वर्षहरू आयोजना गर्नुपर्दछ । कला महोत्सव र चलचित्र महोत्सव आयोजना गर्नुपर्दछ । एकअर्काको देशमा टिभी सप्ताह र पुस्तक प्रदर्शनीहरू आयोजना गर्नुपर्दछ । चलचित्र निर्माण, रेडियो र टेलिभिजन कार्यक्रम सञ्चालन र अनुवादमा सहकार्य गर्नुपर्दछ । विश्व सांस्कृतिक सम्पदा क्षेत्रहरूको संरक्षणको लागि संयुक्त पहल गर्नुपर्दछ । क्षेत्र र बाटोमा परेका देशहरूबीच वैयक्तिक आदानप्रदान र सहकार्यको सम्बन्ध बढाउनुपर्दछ ।

पर्यटनको आकार वृद्धिको लागि सहकार्यलाई विस्तार गर्नुपर्दछ । पर्यटन प्रवद्र्धन सप्ताहहरूको आयोजना गर्नुपर्दछ । एकअर्को देशमा प्रचारप्रसार महिनाहरू आयोजना गर्नुपर्दछ । संयुक्त रूपमा प्रतिस्पर्धी अन्तर्राष्ट्रिय पर्यटन बाटा र उत्पादनहरू बनाउनुपर्दछ । त्यस्ता बाटा र उत्पादन रेसम मार्गको विशेषतायुक्त हुनुपर्दछ । क्षेत्र र बाटोमा पर्ने देशहरूमा पर्यटकहरूको प्रवेशको लागि प्रक्रिया सहज बनाउन जरुरी छ । हामीले २१ औँ शताब्दीको सामुद्रिक रेसम मार्ग लक्षित पर्यटनमार्गको लागि सहकार्यलाई जोड दिनुपर्दछ । प्रमुख अन्तर्राष्ट्रिय खेलकूद कार्यक्रम आयोजनाको लक्ष्यसहित क्षेत्र र बाटोमा पर्ने देशहरूबीच खेलकूदको क्षेत्रमा सम्बन्ध विस्तार र सहायताका कार्यक्रम गरिनुपर्दछ ।

हामीले जनस्वास्थ्यका आकस्मिक विषयहरूमा महामारी रोगको सूचना आदानप्रदान, रोग हुन नदिने र रोगको निदानका लागि प्रविधि, स्वास्थ्यकर्मीहरूको तालिम र हाम्रो क्षमता अभिवृद्धिमा छिमेकी देशहरूसँग साझा सहकार्य बलियो बनाउनुपर्दछ । हामीले प्रभावित देशहरूमा चिकित्सकीय सहायता र आकस्मिक औषधी सहायता उपलब्ध गराउनेछौँ र मातृस्वास्थ्य तथा बालस्वास्थ्य, फरक ढंगले सक्षम व्यक्तिहरूको पुनस्र्थापना र एड्स्, क्षयरोग र औलोजस्ता प्रमुख सरुवा रोगहरूको निदानको लागि व्यावहारिक सहकार्य अघि बढाउनेछौँ । हामीले परम्परागत औषधी विज्ञानमा सहकार्यलाई फराकिलो बनाउँदै जानेछौँ ।

हामीले विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्यलाई बढाउँदै लानेछौँ । साझा प्रयोगशालाहरू (अनुसन्धान केन्द्रहरू), अन्तर्राष्ट्रिय प्रविधि हस्तान्तरण केन्द्र तथा सामुद्रिक सहकार्य केन्द्र स्थापना गर्ने, विज्ञान र प्रविधिको क्षेत्रका विज्ञहरूको आदान–प्रदान, विज्ञान र प्रविधि प्रमुख समस्याहरूको समाधान र विज्ञान प्रविधिको अनुसन्धान क्षमता वृद्धिमा सुधारको लागि काम गर्न आपसी सहकार्यलाई विस्तार गर्दै जानेछौँ ।

क्षेत्र र बाटोमा परेका देशहरूबीच युवा रोजगारी, व्यवसायिक तालिम, सीपमूलक दक्षताको विकास, सामाजिक सुरक्षा व्यवस्थापन, तालिम, सीपमूलक दक्षताको विकास, सामाजिक सुरक्षा व्यवस्थापन, सार्वजनिक प्रशासन र व्यवस्थापनलगायत साझा चासोका विषयहरूमा व्यवहारिक सहकार्यको विस्तार र विकासको लागि भएका स्रोतहरूको परिचालन गर्नुपर्दछ ।

क्षेत्र र बाटोमा आवद्ध देशहरूका राजनीतिक दल र व्यवस्थापिकाबीचको संवादको मध्यस्थ भूमिकालाई पूर्ण आकारमा काम गर्न दिनुपर्दछ र व्यवस्थापिका, प्रमुख राजनीतिक दल र राजनीतिक सङ्गठनहरूबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रोत्साहित गर्नुपर्दछ । हामीले क्षेत्र र बाटोमा आवद्ध देशहरूका नागरिकहरूबीच सम्बन्ध विस्तार र सहकार्य तथा प्रमुख सहरहरूबीच भगिनी सम्बन्ध विस्तारको लागि प्रोत्साहन गर्नुपर्दछ, व्यवहारिक सहकार्य विशेषतः सांस्कृतिक तथा जनताको तहसम्मको सम्बन्ध विस्तारमा जोड दिंदै सहकार्यका अरू जीवन्त उदाहरण बनाउनुपर्दछ । हामी क्षेत्र र बाटोमा परेका देशहरूका विचारक र चिन्तकहरूलाई अनुसन्धानका कार्य अगाडि बढाउन र साझा सम्मेलनहरू आयोजनाको लागि आमन्त्रण गर्दछौँ ।

हामीले क्षेत्र र बाटोमा परेका देशहरूका गैरसरकारी सङ्गठनहरूबीच सम्बन्ध तथा सहकार्य विस्तार गर्नुपर्दछ । क्षेत्र र बाटोमा सर्वसाधारण जनताको हित र ती क्षेत्रका विपन्न भू–भागहरूको उत्पादन र जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य सेवा, गरिबी न्यूनीकरण, जैविक विविधता र पर्यावरणीय सुरक्षाजस्ता सार्वजनिक चासोका कार्यक्रमहरूको आयोजना गरिनुपर्दछ । हामीले संस्कृति र सञ्चार क्षेत्रमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्य अभिवृद्धि गर्दै सद्भावपूर्ण र मैत्रीपूर्ण वातावरण । सार्वजनिक मत बनाउन अन्तर्राष्ट्रिय तथा नयाँ सञ्चार माध्यमहरूको सकारात्मक भूमिकालाई गति दिन जरुरी छ ।
स्रोत रातो खबर साप्ताहिक
२०७४ पुस २४ गते बिहान १० ३० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :