पराजुलीले न्यायलयको अवहेलना गरे : डा.केसी

 

अम्बिका चन्द / काठमाडौं : पौष महिनाको तापक्रम माइनसमा झरिरहेको बेला डा. गोविन्द केसीको गिरफ्तारीले सोमबार र मंगलबार एकाएक बजार तात्यो । केसीको गिरफ्तारीको विषयमा सर्वसाधारण देखि प्रधानमन्त्री र बहालवाला प्रधानमन्त्रीसमेत कहि न कहि जोडिए । केसीेको गिरफ्तारीको विषयलाई लिएर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट रहेको समाचार बाहिर आइरहदा अर्का नेता गगन थापाले काठमाडौंको माइतिघर मण्डलामा केसीको पक्षमाचर्को भाषण गरे । यस्तै आफ्ना पूर्वसहकर्मी बालकृष्ण ढुंगेल पक्राउपर्दा एक शब्दपनिनखर्चेकानयाँशक्ति पार्टीकासंयोजकबाबुराम भटराई पनिएकाविहानै केसीको पक्षमा समर्थन जनाउन माइतिघरमा देखा परे । यतापत्रकारको जागिर छोडेर विवेकशित साझा पार्टी खोलेर छोटै समयमा चर्चा बटुलेका रविन्द्र मिश्रले केसीको गिरफ्तारी सरकारका लागि लज्जा जनक भएको बताए । माइतिघर मण्डलामा बोल्दै उनले केसिलाई तत्काल रिहागर्न र उनले लगाएका आरोपमाथि छानविन गर्न माग समेत गरेका छन् ।   

यो विवरण तयार पार्दासम्म केसीको विषयमा माओवादी मुख्यालयले आधिकारीक धारणा सार्वजनिकत गरेको छैन । तर एक जना प्रभावशाली नेता नारायण काजी श्रेष्ठले केसीलाई पक्राउ गर्नु राज्यले कानुनको नाममा गरेको ज्यादती हो भनेका छन् । मंगलबार सामाजिक सञ्जालमा टवीट् गर्दै नेता श्रेष्ठले राज्यको पुन संरचना गर्दा न्यायालय यथावत राख्नुको परिणाम केसीको गिरफ्तारी भएको बताएका छन् । उता मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पनि एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको विरोध र यससम्बन्धि सुधारका मागलाई लिएर अनसन बसेका केसीलाई गिरफ्तार गर्नुले राज्य अब निरङकुशतातिर उन्मुखभएको बताएको छ । राष्ट्रिय जनमोर्चा नेपालले पनि संविधानले नागरिकको अभिब्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको भएपनि एउटा अपराधिलाई झै राज्यले गोविन्द केसीलाई अनसनस्थलबाटै पक्राउ गरी न्यायीक संयमताको समेत पालना नगरेको बताएको छ । 

चिकित्सा शास्त्र अध्ययन सस्थान (आइओएम)का डिन डा. शशि शर्मालाई पुर्नवहाली गर्ने सर्वोच्चको आदेश विरुद्ध त्रिवि शिक्षण अस्पताल महाराजगंजका अस्पतालका डाक्टर गोविन्द केसीले अनसन शुरु गरेकै समयमा एमालेका नेता खगराज अधिकारीले भने अनसन बसेर कसैले मृत्युुको माग गर्छ भने त्यसलाई मर्न दिनुपर्छ भन्ने अभिव्यक्ति दिएका छन् । पुर्व स्वास्थ्यमन्त्रीसमेत रहेका अधिकारीले सोमबार एक कार्यक्रममा बोल्दै सरकारको तलवभत्ता खाएर सरकारी अस्पतालमै अनसन बस्तु गैर व्यावसायीक कार्य भएको समेत बताएका छन् ।

न्यायालयले न्याय प्रणालीमाथि लगातार बलात्कार गरिरहेको भन्दै प्रधान न्यायधिश गोपाल पराजुली विरुद्ध अभिव्यक्ति दिंदै अनसन सुरु गरे लगत्तै सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा अदालतकै आदेशमा केसी पक्राउ परेका हुन् । सर्वोच्चको आदेशअनुसार सोमबार  बेलुका पक्राउ गरी महानगरिय प्रहरीवृत सिंहदरवारमा राखिएको थियो र मंलगबार बिहान सर्वोच्चमा उपस्थित गराइएको थियो । सर्वोच्चमा वयान दिने क्रममा केसीले आफुले नभई प्रधानन्यायधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको  बताएका छन् । बयानको क्रममा उनले पराजुलीलाई २ वटा नागरिकतालिएको,उम्मेर सच्चाएको र नियमविपरित आफन्तलाई ७ महिनाको विचमा तीन तह बढुवा गरेको आरोप लगाएका छन् ।

२०७४ पुस २५ गते साँझ ६ : १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :