जनशक्तिसामु हातहतियारको पराजय : धीरेन्द्रा उपाध्याय ‘भृकुटी’

संसदीय व्यवस्थाका राजनीतिक दल र तिनका नेताप्रति पूरै अविश्वास पैदा भएको छ । राजनीतिक दलले आफ्नो सङ्कट टार्नका निम्ति वाम गठबन्धन भने पनि दलाल तस्कर, भ्रष्ट जन्माउने थलो साबित भएको छ । देशमा राष्ट्रघात र जनघातले सीमा नाघेको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविका, शिक्षा, स्वास्थ्य, रोजगारजस्तो महत्वपूर्ण विषय दलाल राष्ट्रघातीहरूको अपहरणमा परेको छ ।
इतिहासमा जुनसुकै बादशाह पनि जनताको शक्तिसामु निकम्मा साबित भएका छन् । यो हरेक राजनीतिक आन्दोलन र युद्धले पुष्टि गरिदिएको छ । यतिबेला नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाका लागि निरन्तर सङ्घर्ष गर्दै आएको छ । यही सिलसिलामा संसदीय व्यवस्थाले संसदीय सङ्घ र प्रादेशिक पहिलो र दोस्रो चरणको निर्वाचन गर्ने मिति अवलम्बन गर्यो । सोही नितिका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्थाद्वारा आयोजित संसदीय निर्वाचन खारेजी गर्ने नीतिअनुरूप देशव्यापी खारेजी अभियान अगाडि बढ्यो । सोही क्रममा कालीकोट जिल्लाका जनताले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्न सफल भएका छन् । विगत जनयुद्ध कालमा पनि कालीकोट माल्कोटका दलित महिलाहरूले २०५४ साल चैत २६ गते बिथोलडाडामा कुमाल गाउँ इलाका प्रहरी कार्यालयबाट प्रहरी आई गाउँ घेरा हालेपछि त्यहाँका महिलाहरूले लखेटेर लिई ओढारमा डुली आगो जलाई हतियार खोसी पार्टीलाई बुझाए । त्यही घटनामा कालीबहादुर विक सहिद भएका थिए । कयौँ जनता घाइते भए ।

जनयुद्ध कालभरि कालीकोट जनताले प्रतिक्रियावादी राज्यसत्ताका ठुल्ठूला दमन र यातनाको पर्वाह नगरी ६÷६ महिनाको दूधे बालख नवीनकुमार बिस्टदेखि ३ दिनकी सत्केरी सिउटा बटाला हुँदै ४३५ जनाको बलिदान हुँदा पनि सधैँ मुक्ति र परिवर्तनका पक्षमा दृढताका साथ लागिपर्नु यहाँका जनताको विशेषता भएको छ । दलाल संसदीय व्यवस्थाले तय गरेको यस निर्वाचनमा पनि कालीकोटका जनताले आफ्नो भूमिकालाई फेरि क्रान्ति र परिवर्तनका पक्षमा अङ्कित गरेका छन् । स्थानीय निर्वाचनमा पनि कालीकोट माल्कोटका जनताले साहस र बहादुरीका साथ आधुनिक हतियारले सुसज्जित प्रहरी र सेनालाई पराजित गर्दै मतपेटिका कब्जामा लिएका थिए । सोही क्रममा धनसरा बटाला एकीकृत जनक्रान्तिका प्रथम सहिद बने । कयौँ जनता घाइते भए ।

संसदीय व्यवस्थाद्वारा तय गरिएको सङ्घ र प्रादेशिक निर्वाचन हिमाली जिल्लामा पहिलो चरण ठोस गरेको थियो । सोही निर्वाचन खारेजीका लागि नेपाल कम्युनिस्ट पार्टी कालीकोटले सङ्गठन सुदृढ–विस्तार–जनपरिचालनमार्पmत गाउँगाउँमा निर्वाचन खारेजी अभियान सञ्चालन ग¥यो । अभियान उद्घाटन गर्ने क्रममा कात्तिक १२ गते कालीकोट जिल्लाको सदरमुकाम मान्ममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माको उपस्थितिमा विशाल जनसभा सम्पन्न भयो । उक्त जनसभामा जिल्लाभरिका जनसमुदायमा आशा एवम् विश्वास पैदा भयो । त्यसैगरी कात्तिक २५ गते पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ को उपस्थितिमा रास्कोट आरसीपी बजारमा व्यापक जनताको सहभागितामा सभा सम्पन्न भयो । कात्तिक २९ गते मान्ममा पनि भव्य जनसभा सम्पन्न भयो । जिल्लाभर सङ्गठन सुदृढ तथा विस्तार अभियान प्रभावकारी रह्यो । यसले दलाल संसदीय व्यवस्थाप्रतिको घृणा र आक्रोशलाई थप सतहमा ल्याइदियो । मङ्सिर १० गतेको निर्वाचनलाई केन्द्र बनाउँदै खारेजी अभियान प्रचारप्रसार तीव्र बनाएर लाने क्रममा कात्तिक ८ गते माल्कोटको सेरापाटा मतदान केन्द्रमा खटिएका नेपाली सेना र प्रहरीले गाउँमा पसेर घरको धुरीमा गाडिएको नेपाल कम्युनिस्ट पार्टीको झन्डा उखेलेर २ जना स्थानीय युवालाई गिरफ्तार गरी मतदान केन्द्र रहेको ठाउँमा पु¥याई माल्कोटका सम्पूर्ण वृद्धवृद्धा, केटाकेटी र महिला घरेलु हातहतियार लिएर प्रतिरोधमा उत्रिए । ८ गतेकै साँझ जनताका सामु नेपाली सेना र प्रहरीले माफी मागी झन्डा बुझाएर २ जना स्थानीय युवालाई छोडिदिए । त्यसैगरी रास्कोट क्षेत्रको आरसीपी बजारमा ८ गतेकै दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको भाषण गरेको सुनाइरहेको बेला सेना र प्रहरीले बन्द गर्न दबाब दिँदा त्यहाँका युवाले बन्द गर्न नमानेपछि निर्देशन वि.क. नामका एकजना युवकलाई गिरफ्तार गरे ।

सहिद विमलको नामबाट नामकरण गरिएको विमलगाउँका जनताले घरेलु हातहतियार लिएर प्रतिरोध गरी स्थानीय युवकलाई छुटाउन सफल भए । नेपाली सेना र प्रहरीको व्यवहारबाट आक्रोशित रास्कोट क्षेत्र र सिरखानाका युवाहरूले ९ गते साँझ मुम्रा सती किउटी बुथ केन्द्रमा साँझ ९ बजेदेखि ११ बजेसम्म २ घन्टा प्रहरी र सेनाका आधुनिक हतियारसँग ढुङ्गाले लडी मतपेटिका आफ्नो कब्जामा लिए । मतदान केन्द्र छोडी पुलिस र सेनाको भागदौड मच्चियो । पुलिसतर्पm असई गिरिराज भण्डारी, प्रहरी जवान रामबहादुर चौधरी गम्भीर घाइते भए । स्थानीय युवा टेक विश्वकर्मा र महेन्द्र शाही घाइते भए । दस गते दिनभर जनयुद्धको झझल्को आउने गरी आकाशमा हेलिकप्टरबाट फाइरिङ ग¥यो । गाउँगाउँमा ‘ दलाल संसदीय व्यवस्था मुर्दावाद, सङ्घ र प्रदेशको चुनाव खारेज गर’ भन्ने नाराहरू घन्किरहे । नेपाली सेना र प्रहरीलाई आफ्नो ज्यान जोगाउन हैरान भएको देखियो । वास्तवमा मत केन्द्रमा जनताको उपस्थिति न्यून नै देखियो । राजनीतिक दलका प्रतिनिधिहरूले फर्जी मत खसालेर ५७ प्रतिशत मत खस्यो भन्ने बकबास र भ्रमहरू छरे । कालीकोट जिल्लाको सन्दर्भमा ६४ हजार मतदातामा ३५ हजार मात्र मत खस्यो । अरू सबै जनता खारेजीका पक्षमा उभिए ।

वास्तवमा जनताले आफ्नो अधिकार प्रयोग गर्ने भन्दा पनि अन्तर्राष्ट्रिय कानुनी मान्यताविपरीत राज्यले सेना र सशस्त्र प्रहरी परिचालन गरी जनतालाई तानाशाही शैलीमा हतियारको बलमा निर्वाचन गर्दा पनि वास्तवमा जनताले आफ्नो तागत देखाएरै छाडे । आधुनिक हतियारको पराजय भएको छ । यी समग्र स्थिति हेर्दा दलाल संसदीय व्यवस्थाप्रतिको जनताको घृणा र आक्रोश पैदा भएको छ । जनतामा ‘जति जोगी आए पनि कानै च्यातिएका’ भन्ने उखान जनजिब्रोमा झुन्डिएको छ । संसदीय व्यवस्थाका राजनीतिक दल र तिनका नेताप्रति पूरै अविश्वास पैदा भएको छ । राजनीतिक दलले आफ्नो सङ्कट टार्नका निम्ति वाम गठबन्धन भने पनि दलाल तस्कर, भ्रष्ट जन्माउने थलो साबित भएको छ । देशमा राष्ट्रघात र जनघातले सीमा नाघेको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविका, शिक्षा, स्वास्थ्य, रोजगारजस्तो महत्वपूर्ण विषय दलाल राष्ट्रघातीहरूको अपहरणमा परेको छ । संसदीय व्यवस्था चिहानघाटमा पुगिसकेको छ । यसलाई ब्युँताउन दलालहरूले राष्ट्रघाती, बुद्धिजीवी, जनताका पक्षधर शक्तिहरूले राष्ट्र स्वाधीन बनाउन, देशमुक्त गर्न नेपाली जनतालाई अधिकार सम्पन्न गराउन यो संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाका लागि अगाडि बढ्नुपर्ने आजको आवश्यकता बनेको छ ।

स्रोत : रातो खबर साप्ताहिक, पूर्णाङ्क १२३, पुस १२  गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :