पोखरामा २ मजदुर मृत फेला

काठमाडौं : पोखराको सराङकोटमा निर्माणधीन माउन्टेन रिसोर्ट एण्ड स्पा निर्माणमा खटिएका दुई मजदूर मृत अवस्थामा फेला परेका छन् । अर्का एक घाइते छन् । मजदूरको मृत्यु र घाइते अवस्थामा फेला परेपछि घटना शंकास्पद बनेको छ । आइतबार अवेरसम्म मजदुर काममा नआएपछि उनीहरुको खोजी सुरु गरिएको थियो । निर्माणाधीन भवनमा काम गर्ने अन्य मजदुरले आफ्ना साथीहरुको खोजी गरेका थिए ।

सुतिरहेको कोठामै २ जना मृत अवस्थामा र १ जना घाइते अवस्थामा भेटिएका थिए । उनीहरुको पुरै परिचय नखुले पनि धरान, धनकुटातिर घर हुनसक्ने बताइएको छ ।

घाइते भएका १ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर छ । ३०/३२ वर्ष जतिका देखिने तीनै जना मजदुरहरुको शरीरमा चोट देखिएको छ । शरीरमा चोट देखिएकाले उनीहरुको हत्या भएको पनि हुन सक्ने प्रहरी बताएको छ । तर, कसरी घटना भयो र यसको कारण के थियो प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२०७४ पुष १६ गते दिउँसो ३ : ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :