स्थानीय जनताद्वारा गोरखाको निर्वाचन कार्यालयमा ढुङ्गामुडा

nitbachanगोरखाः बैशाख २१, जनयुद्धको अग्रणी भागमा रहेको गोरखा जिल्लाका जनताहरुले कथित स्थानीय निर्वाचनको औचित्य नभएको भन्दै गोरखाको निर्वाचन कार्यालयमा ढुङ्गामुडा गरेका छन् ।

गोरखाका स्थानीय जनताहरुका अनुसार यो चुनाव जनताको पक्षमा नभएको र दलाल संसदीय व्यवस्थालाई नै नविकरण गर्ने गरी आएको हुनाले गोरखाकाका अधिकांश जनताले चुनाव खारेजीको माग गरिरहेको र त्यही सन्दर्भमा यो घटना घटेको हाम्रा गोरखा सम्बाददाताले बताए ।

उक्त घटना बुधवार दिउँसो भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :