राज्य आतंकित, अपहरण शैलीमा नेकपाका कार्यकर्ताहरुलाई गिरफ्तार

FB_IMG_1493866168538काभ्रे: बैशाख २१,  नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा किसान संघका अध्यक्ष भोला नेपाल र शंकर नेपाललाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बुधवार राती ११ बजे अपहरण शैलीमा गिरफ्तार गरिएको छ ।

हिजो नेपाल कम्युनिस्ट पार्टी काभ्रेले उमेद्वारी दर्ता भएका उमेद्वारलाई आफ्नो उमेद्वारी फिर्ता लिन अपिल गर्दै प्रेस विज्ञप्ती निकालेको थियो । त्यसको लगत्तै राज्य आतंकित हुँदै नेकपाका कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको हो ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाका कार्यकर्ताहरु रघुविर शर्मा, विराट तामाङ र रोशनलाई बुधवार प्रहरीले गिरफ्तार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :