सम्पुर्ण उमेद्वारको घरमा कालो झण्डा

Kalo jhandaचितवनः बैशाख २१, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनले सम्पूर्ण उम्मेदवारको घरमा कालो झण्डा गाडेको छ ।

चितवन जिल्लाका महानगर, नगर र गाउँपालिका र वडाका सबै उम्मेदवारको घरमा झण्डा गाडेको नेकपा चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिकाका मेयरका नेपाली काँग्रेसका उम्मेदवार दिनेश कोइराला, नेकपा (एमाले) का देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रका रेणु दाहालसहित सबै प्रमुखको घरमा कालो झण्डा गाडिएको छ ।

चितवनका १ महानगरपालिका ६ नगरपालिका र १ गाउँपालिकाका सबै उम्मेदवारको घरमा बुधबार साँझ एकै पटक कालो झण्डा गाडिएको हो ।

चुनाव खारेजीको अभियान अन्तरगत उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन चेतावनी सहित कालो झण्डा गाँडिएको जिल्ला इन्चार्ज तथा सेक्रेटरी लालबहादुर बिसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :