न्यायमा सर्बसाधारणको पहुँच छैन / अदालतमा भ्रष्टाचार व्याप्त छ : वरिष्ठ अधिवक्ता एकराज भण्डारी

काठमाडौं : कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको ६१औं स्थापना दिवस काठमाडौंमा सम्पन्न भयाे । सर्वोच्च अदालतका प्रधान न्यायाधीश गोपाल पराजुलीद्वारा उदघाटन गरिएको उक्त कार्यक्रम उच्च अदालत बार एशोसिएशन पाटन, ललितपुर जिल्ला अदालत वार एशोसिएशन, काठमाडौं जिल्ला अदालत बार एशोसिएशन र भक्तपुर जिल्ला अदालत बार एशोसिएशनले संयुक्त रुपमा आयोजना गरेका थिए । न्यायपालिका र नेपाल बार एशोसिएशनको पुनर्सँरचनाको विषयलाई समेत समेट्दै अन्तरकृयात्मक कार्यक्रमको रुपमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु, आयोजक बारका पदाधिकारी र सदस्यहरु, न्यायाधीशहरु, बहालवाला कानून मन्त्री, पूर्व कानूनमन्त्री, नेपाल सरकारका महान्यायाधिवक्ता, पूर्व महान्यायाधिवक्ताहरु र पूर्वसभासदहरु र सांसदहरुहरुसमेतको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रथम वक्ताका रुपमा आमन्त्रित वरिष्ठ अधिवक्ता तथा पूर्व सभासद एकराज भण्डारीले न्यायापालिका र समसामयिक राजनितिको विषययमा गरेको अभिव्यक्तिका कारण सिङ्गो कार्यक्रम नै तरङ्गित हुन पुगेको थियो । प्रमुख अतिथी गोपाल पराजुली, बहालवाला कानूनमन्त्री यज्ञबहादुर थापा र अन्य वक्ताहरुलेसमेत वरिष्ठ अधिवक्ता एकराज भण्डारीले मन्तव्यका क्रममा उठाएका विषय गम्भीर विषय भएकोले सो सम्बन्धमा आफू पनि छलफल गर्न तयार भएको भन्दै सम्बोधन गरेका थिए । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले मन्तव्यका क्रममा ुसर्वसाधारणका न्याय महङ्गो भएको, न्यायपालिकामा भ्रष्टाचार व्याप्त रहेको, केहि कानून व्यवयीहरु, न्यायाधीशहरु र विचौलियाका कारण न्यायापालिकामा रहेका असल न्यायाधीशहरु र कानून व्यवसायीहरुसमेत टिक्न सक्ने अवस्था नभएको, न्यायापालिकामा चरम राजनैतिक हस्तक्षेप रहेको, न्यायपालिका र न्यायपरिषदको संरचनाको वर्तमान स्वरुपका कारण न्यापालिकामा बेथिति देखिएकोु भन्दै न्यायपालिकाको प्रमुखले फोटो झुन्ड्याउन होईनस आफ्ना योजना कार्यान्यवयन गरेर देखाउनका लागि न्यूनतम २ वर्षको भएपनि समय पाउनु पर्ने भनाई राखेका थिए ।

वर्तमान राजनैतिक अबस्थाप्रति तीखो टिप्पणी गर्दै वरिष्ठ अधिवक्ता भणडारीले हजारौं शहीदहरु, वेपत्ता योद्धाहरु, घाईते र अपाङ्गता भएका नागरिकहरुको रगत र पसिनाको कारण प्राप्त गणतन्त्र र संविधानले समेत जनताको आधारभूत समस्याको हल गर्न नसकेको बरु उल्टै गठबन्धनमा रहेका दलहरुले आलोपालो शासन गर्ने भनेर संसदीय चरित्र देखाएको, जनयुद्धको एक हिस्सासमेत संसदीय प्रकृयामासामेल भएको अवस्थामा जनआन्दोलन र जनयुद्धको एजेण्डालाई निरन्तरता दिने वैकल्पिक राजनैतिक शक्तिको उस्थितिलाई शासकहरुले देखेर पनि नदेखेजस्तो गरेको भन्दै यस्तो शासकिय रवैयाबाट समस्याको समाधान नहुनेभन्दै वरिष्ठ अधिवक्ता भण्डारीले वर्तमान राजनैतिक प्रणालीले जनताको हित नगर्ने भनाई जादार ढंगले राखेका थिए ।

मन्तव्यको क्रममा वरिष्ठ अधिवक्ता भण्डारीले भर्खरै सम्पन्न निर्वाचन र स्थानीय तहको निर्वाचनले जनताका वास्तविक प्रतिनिधिहरु चुनिएर आउन नसक्ने भन्दै ठेकेदारहरु, दलालहरु, वैदेशिक रोजगार व्यवसायीहरु र डनहरु चुनिएर आएबाटको उदाहरण दिदै आफ्नो भनाई टुङ्गयाए पश्चात पछि बोल्ने अन्य वक्ताहरुले समेत उनका भनाईमा सहमति जनाएका थिए ।

प्रधान न्यायाधीश गोपाल पराजुलीले न्यायापालिकामा बेथिति व्याप्त रहेको स्वीकार गर्दै त्यसका लागी सबैको सहयोग आवश्यक पर्ने भनाई राखेका थिए । कार्यक्रममा बोल्ने बरिष्ठ अधिवक्ताहरु, पूर्व महान्यायधिवक्ताहरु र पार्टीकतर्फबाट चुनाब लडेर पराजित भएका कानून व्यव्यसायीहरुले आआफू आबद्ध दलको पक्षपोषण गर्दै कानून व्यवसायीहरुले स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्छ भन्दै भाषण गर्दै गर्दा सहभागीहरु बिचको हाँसोले कार्यक्रम झनै रोचक देखिएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर के।सी र। महासचिव खम्मबहादुर खातीले व्यासायिक र साझा पेशागत संगठनको मर्याद विपरित अनतर्वार्ता दिदै शेरबहादुर देउवाको पक्षपोषण गरेको आरोप लगाएका थिए । राष्ट्रिय सभाको गठन नहुंदासम्म नयाँ सरकार गठन हुन नसक्ने भन्दै कांग्रेसलाई सरकार नछोड्न नेपाल बारका वर्तमान अध्यक्ष र महासचिवले उक्साएको भन्ने विषयमा अधयक्ष र महासचिवले जवाफ दिन नसकेको दृश्य हेर्न लायक थियो । कांग्रेस र एमालेलाई आआफ्ना दलका वकीलहरुले दलका कार्यकर्ताको हैसियतले दिएको गलत सल्लाहकै कारण निर्वाचनमा पराजित दलले सरकार नछोडेको र संविधान कार्यान्वयनको शुरुमा नै गम्भीर संकट आइपरेको भन्दै कांग्रेस र एमाले समर्थित कानून व्यवसायीले एक अर्काप्रति घोचपेच समेत गरेका थिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, बाबुराजा शाक्य, उषामल्ल पाठक, प्रा. डा. युबराज संग्रौला, शेरबहादुर केसी अधिवक्ताहरु विजय मिश्र, खम्मबहादुर खाती, मेजर थापा, लक्ष्मण थपलिया, दिपककुमार विष्ट, देबेन्द्र श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

२०७४ पुस ९ गते साँझ ६ :०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :