कालीकोटमा तनाव

काठमाडौं : म्यादी प्रहरीले सेवा, सुविधा माग गर्दै गरेको संघर्षको क्रममा प्रहरीले गोली चलाउँदा एकजना म्यादी प्रहरीको ज्यान गएको छ । सनिबार अपरान्ह ४ बजेदेखि कालीकोट, सदरमुकाम मान्मामा अनिश्चितकालका लागि कफ्र्यू आदेश गरेको छ । हत्याको विरोधमा स्थानीय जनता सडकमा उत्रिएपछि स्थानीय प्रशासनले परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै कफ्र्यू आदेश गरेको बताएको छ । शुक्रबार प्रहरीको गोली प्रहारबाट रास्कोट ४, राताखाल निवासी (२२वर्ष) विवेक ऐडीको मृत्यु भएको थियो । कालीकोटका सबै दल, स्थानीय, व्यापारी सबैले घटनाको निन्दा गर्दै पशल–व्यापार, दैनिक काम बन्द गरेर संघर्षमा उत्रिएको नेकपाका नेता भरत बम ‘रणविर’ले ई–रातो खबरलाई जानकारी दिएका छन् । स्थानीयले कफ्र्यू तोडेर प्रदर्शन गरेका थिए । सनिबार नै गृह मन्त्रालयले कालीकोट घटनाको सत्यतथ्य जाँचबुझ गर्ने प्रयोजनका लागि गृहमन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

२०७४ पुस ९ गते दिउँसो २ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :