सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त

काठमाडौं : धादिङको गल्छी गापा ५ स्थित सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट लगेको नमस्ते ग्याँसको सिलिण्डर घरमा पु¥याउनासाथ विस्फोट भएपछि घर जलेर ध्वस्त भएको छ । ग्याँस उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकोले क्षतिपूर्ति उपलब्ध गराउन घर धनी तिमल्सिनाले माग गरेका छन् । मानिस घर बाहिर भएका बेला विस्फोट भएकोले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडठा तथा सबै सामग्री नष्ट भएको वडाध्यक्ष प्रेम तामाङले बताए ।

२०७४ पुस ७ गते दिउँसो १ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :