आशिमलाँ होटलमा युवकको मृत्यु

 

काठमाडौं : गोगबुस्थित मित्रनगरको आशिमलाँ गेष्ट प्यालेस प्रा.लि.मा कार्यरत सुमन गुरुङको मृत्यु भएको छ । बुधबार विहान ६ बजे बाहिर हल्ला भएपछिमात्र घटना भएको थाहा पाएको उक्त होटलका संचालक पूर्णबहादुर गुरुङले जानकारी गराए ।

गोगबुस्थित प्रहरी कार्यालयबाट विहान ७ बजे इन्स्पेक्टर प्रताप पौडेलको कमाण्डमा घटनास्थलमा प्रहरीको टोली आइपुगेको र शवलाई नियन्त्रणमा लिइ पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको सोही कार्यालयका सहायक प्रहरी निरीक्षक गोविन्द खरेलले जानकारी गराए ।

होटल तमुधि समाज कतारको संचालनमा भएको र मृतक सुमन गुरुङको फुपुको शेयर भएका कारणले उनी २ महिनादेखि होटल संचालकको प्रतिनिधिका रुपमा समेत कार्यरत थिए । अकस्मात घटना घट्नु आश्चर्यजनक रहेको मृतकका काका दिलु गुरुङले जानकारी गराए । पीडित पक्षले उक्त घटना छानविनको लागि महाराजगञ्ज प्रहरी चौकीमा निवेदन दिएको जानकारी गराए । मृतकको घर स्याङ्जा वालिङ नपा, सिर्सिकोट रहेको छ ।

२०७४ पौष ५ गते अपरान्ह ३ः२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :