यौन हिंसा गर्ने प्रधानलाई जनकारवाही

काठमाडौं : अराजक र अनैतिक गतिबिधि गर्ने दमकमा संचालित गायत्री बिधा पिठका सञ्चालक गणेश प्रधानलाई नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) झापाले कालोमोसो दलेको छ । क्रान्तिकारीले एक विज्ञप्ति जारि गर्दै पैसा र बलको आडमा घटनालाई गुपचुप राखेर दबाउन खोजिएको कारण चेतावनी स्वरूप प्रधानलाई कारवाही गरेको हो । झापा दमकको गायत्री बिद्या पीठमा अध्यनरत एक बालिकामाथि शिक्षकले अभद्र व्यवहार तथा यौन हिंसा गरेको खुलासा भएको थियो । १४ बर्षिया बालिका कुसम निरौलाको अवस्था कुटपीटपछि दयनीय बनेको थियो । बिद्यालयका शिक्षकले बिद्यार्थीलाई चरम यातना दिएको केहि दिनपछि मात्र यो रहस्य सार्वजनिक भएपछि गायत्री बिद्या पीठका शिक्षक भुटानी नागरिक प्रनय दुतराजलाई अखिल (क्रान्तिकारी)ले कालोमोसो दली कारवाही गरेको जनाएको छ ।

२०७४ पुस ५ गते बिहान ९ : ४६ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :