चीन विश्वकै शक्तिशाली हुने

काठमाडौं :  अर्थतन्त्रमा निरन्तर र अपेक्षाकृत सफलता हासिल गरिरहेको चीनले आगामी तीस वर्षमा विश्व राजनीतिमा आफ्नो बर्चस्व राख्ने बताएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं ‘चाइनिज एकेडेमी अफ दि सोसियल साइन्स’ का सभापति वाङ बेगुवाङले अबको तीस वर्षमा चीन सम्पन्न आधुनिक एवं शक्तिशाली मुलुक बन्ने बताए । चिनियाँ दुतावासद्वारा सोमवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वेगुवाङले समाजवादलाई नयाँ युगमा प्रवेश गराएको चीनमा पन्ध्रसयभन्दा बढी सुधारका अभियान सुरु भइसकेको पनि बताए ।

छिट्टै विश्वमा शक्ति सम्पन्न बन्ने दाबी गर्दै बेगुवाङले कुनै पनि शक्ति सम्पन्न राष्ट्रले कुनै पनि देशलाई दबाबमा राख्न खोजे त्यसको विरोध एवं प्रतिवाद गर्नेसमेत बताए । गत असोजमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं राष्ट्रिय सम्मेलनमा प्रस्तुत धारणा विश्वभरि नै प्रचार गर्नको विभिन्न देशहरूमा यस्तै अन्तरक्रिया कार्यक्रम गर्ने उनले स्पष्ट पारेका छन् ।

यसैबीच दोश्रोपटक पाँच वर्षीय कार्यकाल समाल्न पुगेका र माओपछिका शक्तिशाली मानिएका चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि जिङ पिङ नेपाल भ्रमणमा आउने भएका छन् । यसअघि दक्षिण एसियाका विभिन्न देशहरूको भ्रमण गरिसकेका सि जिङ नेपालमा भने आएका थिएनन् । नेपालमा भइरहेको राजनैतिक अस्थिरताको कारण उनी यहाँ नआएको विश्लेषण गरिएको थियो ।
स्रोत : रातो खबर साप्ताहिक, पुस ५ गते

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :