बेल्जियममा चे को सम्झना

महान क्रान्तिकारी नेता चे ग्वेभारा अहिले पनि लाखौं युवा र श्रमिक जनताको हृदयमा रहेका छन् । फिडेल क्यास्ट्रो र चे ग्वेभारा को नेतृत्वमा क्युवामा समाजवादी क्रान्ति सम्पन्न भएको थियो । क्रान्तिपश्चात् चेलाई मन्त्री पदको प्रस्ताव गरियो तर चे बोलिभियामा क्रान्तिको नेतृत्व गर्न जानुभयो । तर क्युवामा जसरी चेलाई बोलिभियामा सफलता मिलेन । अमेरिकी साम्राज्यवादद्वारा प्रशिक्षित सेनाले उनलाई कब्जा गरेर हत्या गर्‍यो । कैयौं वर्षसम्म वहाँको हत्याको खबर लुकाइयो । अहिले उनको चिहान खोतलेर मृत्युका धेरै रहस्यहरु सार्वजनिक भएका छन् । चे र क्यास्ट्रोले क्रान्ति सम्पन्न गरेपछि मात्र क्युवामा कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । त्यसपछि मात्र चे र क्यास्ट्रो कम्युनिस्ट रहेछन् भन्ने कुरा बाँकी दुनियाँले थाहा पायो । चेको कार्यदिशालाई कतिपयले फोकोवाद भन्छन् । उनै चर्चित क्रान्तिकारी नेता चे ग्वेभाराका सुपुत्र कामिलो गुभारा (Camilo Guveara) केही दिनअघि बेल्जियम भ्रमणमा थिए । बेल्जियम भ्रमणमा रहेका कामिलोसँग नेपाली जनप्रगतिशील मोर्चा, युरोपका विष्णु भुजेल, बदन योङहाङ, मेख गुरुङ, शेरबहादुर छन्त्याल, माकुना राई, ईश्वर पाठक, अनिता छन्त्याललगायतको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उपस्थिति रहेको थियो । कामिलासँग भातृत्व प्रकट गरेर ब्रसेल्सका नेपालीले चे र क्रान्तिप्रतिको आस्था जनाएका थिए । अमेरिकाले क्युबामाथि लगाएको अमानवीय नाकाबन्दी विरुद्ध युरोपियन संसदभवनमा आयोजना गरिएको कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा, युरोपले पनि ऐक्यबद्धता जनाएको थियो । त्यस कार्यक्रममा EUROLAT का अध्यक्ष Gabi Zimmer उपाध्यक्ष Joao Lopes क्युबाका राजदूत् Norma Estenoz, Dr. Eugenio Selman, प्रोफेसर Eric David र Camilo Guevara ले बोलेका थिए । स्राेत ः राताेखबर साप्ताहिक, अंक १२१

२०७४ मंसिर २८ गते मध्यान्ह १२ः०० बजे

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :