प्रहरीद्वारा गिरफ्तार नेकपाका पोलिट्ब्यूरो सदस्य वीरजंग रिहा

काठमाडौं :
छोराको उपचारको लागि काठमाडौं आएको बेला चुनाव विरोधी गतिविधिमा लागेको आरोपमा मंसिर ८ गते बुढानिलकण्ठबाट प्रहरीद्वारा गिरफ्तार परेका नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’ रिहा भएका छन् ।
पार्टीको लुम्बिनी ब्यूरो इन्चार्ज समेत रहेका चन्दलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार धरौटीमा रिहा गरेको हो ।

चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै प्रहरीले देशभरबाट करिब १२ सय नेता–कार्यकर्ता गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा चन्द सबैभन्दा उच्च तहका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :