देउवालाई राजीनामा दिन दबाव

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश सभामा अनपेक्षित हार व्यहोरेपछि नेपाली कांग्रेसभित्र अन्तरद्वन्द चर्किएको छ । नेताहरुमाथि नीति र नेतृत्वमा त्रुटीका कारण कांग्रेस पराजित भएको आरोप लागेको छ । कांग्रेसभित्र प्रारम्भिक समीक्षा नहुँदै पार्टी सभापतिबाट राजीनामा दिन सार्वजनिक रुपमा नै दबाव परेको छ । त्यसको मात्रा र स्तर देउवाले थेग्न सक्ने स्तरमा देखिन्न । देउवासँगै चुनाव हारेका जिल्ला सभापतिहरुमाथि पनि नैतिक जिम्मा लिन दबाव बढिरहेको छ । नेपाली कांग्रेसभित्र हारको कारण खोज्न अर्थात् समीक्षाका लागि विशेष महाधिवेशनको माग भएको छ । चुनाव परिणामले देउवासहित परम्परागत कुलिन नेताहरुको विरुद्ध जनमत बन्ने देखिन्छ । रामचन्द्र पौडेल पक्षले पराजयको सम्पूर्ण दोष सभापति देउवाले लिनुपर्ने भन्दै महासमितिको आकस्मिक बैठक माग गर्ने भएको छ ।

२०७४ मंसिर २३ गते बिहान ७ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :