मतपेटिका धराप विष्फोटमा पर्‍यो/सुरक्षाकर्मी र कर्मचारीको अवस्था अज्ञात

हेटौंडा : मकवानपुर जिल्ला, मनहरी गापा २, ठाडोखोलामा मतपत्र लिएर आउँदै गरेको सवारी साधन भर्खरै धराप विष्फोटमा परेको छ । विष्फोटपछि कर्मचारी चिच्याउँदै भागेको स्थानीय पेम्बा तामाङले बताए । अँध्यारो र खोलाको बाटो भएकोले विस्तृत विवरण आउन सकेको छैन । त्यसैगरी मनहरी गापा १ स्थित मकरी मतदान केन्द्रको मतपेटिका सदरमुकाम हेटौंडातिर ल्याउँदै गरेको टोली पनि चकरीगोठ दमारमा धराप विष्फोटमा परेको छ । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

२०७४ मंसिर २१ अपरान्ह ७ः४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :