तनहुँमा मतपेटिका लिएर आउदै गरेका २ टोली विद्युतीय धरापमा

तनहुँ : तनहुँमा मतपेटिका लिएर आउदै गरेका २ वटा मतदान अधिकृतसहितको कर्मचारी र सुरक्षाकर्मी चढेको सवारीसाधन विद्युतीय धरापमा परेको छ । तनहुको केशवटारबाट र सिसाघाटबाट मतपेटिका लिएर आउँदै गरेका अलग-अलग टोली विद्युतीय धरापमा परेका हुन् । दुवै टोली शक्तिशाली विद्युतीय धराप बिष्फोटमा परेको र क्षतिको विवरण आउन आउन सकेको छैन । नेकपा गण्डक ब्यूरोका एक सदस्यले दिएको जानकारीअनुसार विद्युतीय धराप बिष्फोटबाट निकै ठुलो क्षति भएको अनुमान छ । बिस्फोटको ठुलो आवाज सुनिएको थियो भने वरपरको अवस्था निकै तनावग्रस्त रहेको छ । सुरक्षाकालागि घटनास्थलतर्फ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

२०७४ मंसिर २१ गते अपरान्ह ८ः०५ मा प्रकासित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :