तनहुँ र पोखराका मतदान केन्द्रमा विष्फोट

तनहुँः तनहुँ जिल्लास्थित ३ वटा मतदान केन्द्र र पोखरास्थित १ मतदान केन्द्रमा आज विहान शक्तिशाली बम विष्फोट भएको छ । तनहुँ जिल्लाका रिषिङ् गापास्थित भीरकोट मतदान केन्द्र, घिरिङ गापास्थित चेचुल मतदान केन्द्र, ब्यास गापास्थित केशबटार मतदान केन्द्र र पोखराको छोरेपाटन मतदान केन्द्रमा बम विष्फोट भएको हो । विष्फोटपछि लाइनमा बसेका मतदाताहरुको भागाभाग भएको थियो ।

२०७४ मंसिर २१ गते अपरान्ह ३ः४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :