मकवानपुरमा जताततै विस्फोट

हेटौंडाः मनहरी गापा २, त्रिरत्न मतदान केन्द्र, हाँडीखोलामा बिहान ७ः३० बजे २ वटा शक्तिशाली विस्फोट भएको छ । त्यसैगरी हेटौंडा मनपा ८, कमानेस्थित चन्द्रोदय उमाविमा बम विस्फोट हुँदा मतदाताको भागाभाग भएको थियो । त्यसैगरी हेटौंडा मनपा ७, बालज्योती उच्च माविमा विहान १०ः३० मा बम विष्फोट भएपछि मतदाताको न्यून उपस्थिति रहेको छ । सुरक्षाकर्मीहरु अहिले मतदाता डाक्न घरघर चहारिरहेको स्थानीयले बताएका छन् । त्यसैगरी हेटौंडा मनपा १५, चुरियामाई मतदान केन्द्रमा विहान ९ः१५ मा शक्तिशाली बम विष्फोट भएको छ । सुरक्षा व्यवस्था कडा पारिएको सरकारी दाबिबीच हेटौंडामा लगातार बम विष्फोटका घटना भइरहेका छन् ।

२०७४ मंसिर २१ गते अपरान्ह २ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :