धनकुटाको मतदान केन्द्रमा विस्फोट

काठमाडौं : धनकुटाको थलथले मतदान केन्द्रमा लगातार ७ वटा बम विस्फोट भएका छन् । जिल्लाको खाल्सा छिन्ताङ्ग सहिदभूमि गापा आँखिसल्लामा पर्ने थलथले मतदान केन्द्रमा मतदान सुरु भएको ३ घण्टापछि लगातार ७ वटा शक्तिशाली बम बिस्फोट भएको स्थानीयवासीले बताएका छन् । विस्फोटपछि सुरक्षाकर्मी र मतदाताको भागाभाग भएको छ । उक्त क्षेत्र तनावग्रस्त बनेको छ । अहिले त्यस क्षेत्रमा नेपाली सेनाले हवाईगस्ती गरिरहेको छ ।

२०७४ मंसिर २१ गते दिउँसो १ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :