भक्तपुरको कौशलटारमा बम फेला / आवतजावत बन्द

काठमाडौं : भक्तपुरको कौशलटार चोकबाट बालकोट जाने पुलमा अहिले भर्खरै शंकास्पद वस्तु फेला परेको छ । त्यसस्थलबाट ३ सय मिटर वरपरसम्म आवतजावत बन्द भएको बताइएको छ । सो वस्तु फेला परेपछि घटनास्थलमा स्थानीयहरु त्रसित भएका छन् । प्रहरीले भने उक्त वस्तु बम भएनभएको पुष्टि गरिसकेको छैन । घटनास्थलमा सेनाको बम निस्क्रिय पार्ने टोली पुगिसकेको छ । बालकोटमा स्थानीयमाथि मोटरसाइकलमा आएका १ सय जना जतीको अज्ञात समूहले आक्रमण गरेर भागेको छ । त्यसैगरी भक्तपुरकै हनुमन्ते पुल र सल्लाघारीमा पनि बम विष्फोट भएको छ । त्यसैगरी बिहीबारै काठमाडौस्थित ताहाचल, रामकोट, डल्लुलगायतमा पनि बम भेटिएको छ । उता ललितपुरका आश्राङ, बागमती गापा, चापागाउँलगायतका स्थानमा पनि बम विष्फोट भएको छ ।

२०७४ मंसिर २१ गते मध्यान्ह १२ः४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :