पक्राउ सङ्ख्या हजार नाघ्यो

काठमाडौं : गएको स्थानीय तहको निर्वाचनदेखि नै नेकपाले शान्तिपूर्ण रूपले चुनाव खारेजी अभियान चलाएको थियो । जनसभा, पर्चा, पोष्टर, भित्तेलेखन जस्ता विधिहरू प्रयोग गरेर आफ्ना विचारहरू जनसमक्ष लगेको हो । नेकपाको पक्षमा जनमत प्रकट हुँदासाथ प्रशासनले बल प्रयोग ग¥यो । भित्तामा नारा लेखिरहेका कार्यकर्ता पक्रिए । पोष्टर च्यातेर फाल्न थालियो । महेन्द्रनगर, सुर्खेत, चितवन, विराटगनर, विरगन्जलगायत खुला सभाहरूमा प्रहरी हस्तक्षेप भयो । स्थानीय प्रशासनले चुनावको विपक्षमा गतिविधि गर्न नदिने ‘माथिको आदेश’ भन्दै हस्तक्षेप र पक्राउ गर्न थाले । नेकपाले शान्तिपूर्ण कार्यक्रम गर्न नदिने भए अर्को बाटो जान बाध्य हुने चेतावनी दिएको थियो तर सरकारले सुनेन । सरकारी र सरकारी विचारका वाहक बुद्धिजीवीहरूले वेवास्ता गरिरहे ।

नेकपाको विचार जनतामा जान नदिने र आफ्ना जनविरोधी तथा राष्ट्रविरोधी हर्कत एकछत्र चलाउने दाउमा सरकार देखिन्छ । जनतालाई सही विचारबाट रोक्ने उद्देश्यले सरकारी गठबन्धन, दलाल संसदीय व्यवस्था र त्यसका वाहक चारैवटा अङ्गहरू मिलिभगत गरिरहेका छन् । अस्पतालमा उपचार गराइरहेका, कक्षा कोठामा पढिरहेका सबै पक्राउ गर्न थालियो । नेकपाको विचार र संगठनको उदयभित्र प्रचण्ड–बाबुराम मण्डलीको निषेध निहित छ र त्यससँगै दलाल संसदीय व्यवस्थाको जनविरोधी, देशद्रोही चरित्र उदाङ्गो हुनेवाला छ । त्यसकारण नेकपामाथि सरकारी पूर्वाग्रह र दमनकारी नीति कायम छ । जब नेकपाले प्रतिरोध ग¥यो संसदीय व्यवस्थाका छट्टुहरू कोकोहोलो गरिरहेका छन् र उनीहरूद्वारा पालिएका भाडाका बुद्धिजीवीहरू ‘वेश्याले पतिब्रताको दाबी गरेझैं’ गरिरहेका छन् । देशभित्र विदेशी सेनाले परेड खेल्दा एक शब्द बोल्न नसक्ने लाचार सुरक्षा निकाय धम्कीको भाषा बोलेर ‘प्रभुको चाकरी’ गर्दैछ । यो समाधान होइन । त्यसप्रकारको भूमिका र शैलीले नकारात्मक इतिहासको पुनरावृत्त मात्र गर्नेछ । समयमै सम्बन्धित सबैको ध्यान पुगोस् ।

कार्तिक १७ गतेदेखि यता मंसिर १९ गते साँझसम्म गिरफ्तार हुनेको संख्या १ हजार नाघिसकेको छ । प्रहरीले अधिकांश नाम गुपचुप राखेको छ । हामीलाई प्राप्त थप विवरण तल प्रस्तुत गरिएको छ –

स्रोत : रातो खबर साप्ताहिक

मंसिर २०

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!